शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

कोरोना महामारीः ब्राजिलमा पनि पहिलो मृत्यु

मङ्गलबार, ०४ चैत २०७६, २३ : ०८
मङ्गलबार, ०४ चैत २०७६

एजेन्सी । कोरोना भाइरसको कारण ब्राजिलको साओ पाउलो सहरमा पहिलो व्यक्तिको मृत्यु भएको यहाँका अधिकारीले मङ्गलबार बताएका छन् ।

ब्राजिलमा ६२ वर्षीय एक पुरूषको उपचारका क्रममा सोमबार मृत्यु भएको भएपनि उनमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि मङ्गलबारमात्र गरिएको छ । यससँगै कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने ब्राजिल दक्षिण अमेरिकी मुलुकमध्ये पहिलो मुलुक बनेको छ । 

साओ पाउलोका नगर प्रमुख ब्रुनो कोभासले स्थानीय डीबीएन रेडियोसँग भने, ‘दुर्भाग्यवस मृतक ती व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।’ उनले ब्राजिलले सङ्क्रमण फैलिन नदिन आवश्यक तयारी गरिसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप