सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंको तिनथानाबाट ३ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत थानकोट र महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलिले सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नं.१ घर हुने वर्ष २४ को सञ्जय घर्ती मगर, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ९ घर हुने वर्ष १९ को पासाङ तामाङ, रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. २ घर हुने वर्ष १९ को कपिल खडका रहेका छन् ।
महानगरीय प्रहरी बृत थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले तिनथानास्थित गस्ती गर्ने क्रममा वर्ष १७ की एक बालिकालाई अपरिचित ३ जना व्यक्तिहरूले जबर्जस्ती करणी गरेको सूचनाको आधारमा प्रहरी टोलीले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएको बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ३ जनाले बालिकालाई सडक किनारामा पार्किङ्ग गरी राखेको ना ३ ख ६९४ नम्बरको ट्रकको अगाडिको भागमा लगेर जबर्जस्ति करणी गरेका थिए ।
प्रहरीले पक्राउ परेका ३ जनालाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसुरमा अनुसन्धान तथा कार्वाही सुरु भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ