कौशलटारमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु

भक्तपुर । मंगलबार भएको सडक दुर्घटनामा परेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ । कोटश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ०३५९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ को मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए ।
मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा भएको मोटरसाइकल दुर्घटना मृतकको परिचय र ठेगाना खुल्न सकेको छैन् । नाम थर वतन खुल्न नआएको मोटरसाइकल चालक अन्दाजी बर्ष ३० को पुरुष ब्यक्तिको मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।
स्कुटर चालक मध्यपुर थिमि–८ बोडेकी १८ वर्षीया इशा ढेकेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबाट सख्त घाइते मोटरसाइकल चालकको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास
-
हमासले मानेन इजरायलको प्रस्ताव
-
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
-
प्रि–मनसुनमा कसरी भित्र्याउने हिउँदेबाली ?