बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कौशलटारमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु

मङ्गलबार, ०४ चैत २०७६, १९ : २६
मङ्गलबार, ०४ चैत २०७६

भक्तपुर । मंगलबार भएको सडक दुर्घटनामा परेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।  कोटश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ०३५९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ को मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए । 

मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा भएको मोटरसाइकल दुर्घटना मृतकको परिचय र ठेगाना खुल्न सकेको छैन् ।  नाम थर वतन खुल्न नआएको मोटरसाइकल चालक अन्दाजी बर्ष ३० को पुरुष ब्यक्तिको मृत्यु भएका प्रहरीले जानकारी दिएको छ । 

स्कुटर चालक मध्यपुर थिमि–८ बोडेकी १८ वर्षीया इशा ढेकेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबाट सख्त घाइते मोटरसाइकल चालकको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप