शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच शिष्टाचार भेट

मङ्गलबार, ०४ चैत २०७६, १६ : ३३
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यानले शिष्टाचार भेट गरेका छन् । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत म्यानले भामुख सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरे । 

भेटमा सभामुख सापकोटाले उत्तर कोरियाले वार्ताका माध्यमबाट समस्या समाधानका लागि गरिरहेको पहलले विश्वभर सकारात्मक सन्देश गएको बताएका थिए । 

उनले कोरोना भाइरसले विश्वलाई भयभित बनाइरहँदा उत्तर कोरियाले अपनाएको सतर्कताबाट अरु देशले पनि सिक्नुपर्ने धारणा राखेको सभामुखको सचिवालयले जनाएको छ । 

त्यसक्रममा राजदूत म्यानले उत्तर कोरियाले अन्तराष्ट्रिय स्तरमा सम्बन्ध विस्तारका लागि पहल गरिरहेको बताउदै नेपालले पनि कोरोना रोक्न गरिरहेको प्रयासको प्रशंसा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप