कोरोनाका कारण छ हजार ६०० बढीको मृत्यु
मङ्गलबार, ०४ चैत २०७६, १२ : ४३

सिन्ह्वा : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यो सङ्ख्या अघिल्लो दिनको तुलना १३ हजार ९०३ बढी भएको अधिकारीले जानकारी दिएका छन् ।
त्यसैगरी मृत्यु हुनेको सङ्ख्या पनि अघिल्लो दिनभन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभरी कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ हजार ६०६ पुगेको छ ।
कूल मृत्यु भएको र सङ्क्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । यूरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्डलगायका देश प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग