राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सञ्चालन

कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिकाका १९ वटै वडामा विवरण दर्ता कार्य शुरु भएको छ ।
विवरण दर्ताका लागि ९१ विवरण दर्ता अपरेटर छनोट गरी परिचालन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणप्रसाद उपाध्यायका अनुसार १९ वटा घुम्ती केन्द्रमार्फत विवरण दर्ताको कार्य सञ्चालन गरिएको छ ।
जिल्लामा परिचयपत्रका लागि एक लाख ९८ हजार नागरिकको विवरण दर्ता गर्ने लक्ष्य लिइएको छ । “हालसम्म जिल्लामा १० हजार २६५ जनाको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता भई एक हजार ६०० बायोमेट्रिक स्मार्टकार्ड कार्यालयमा प्राप्त भएको छ” सहायक प्रजिअ उपाध्यायले भने ।
भीमदत्त नगरपालिका–१८ बाट विवरण दर्ता अभियानको शुभारम्भ गरिएको छ । जेष्ठ नागरिक ८४ वर्षीय खिमानन्द कँडेल, ७२ वर्षीय नन्दादेवी पाण्डेय र निजामती कर्मचारी मानबहादुर बोहरालाई परिचयपत्र हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक जीतेन्द्र बस्नेत र निर्देशकद्वय शिवराज जोशी र सुवास ढकालले संयुक्त रुपमा परिचयपत्र हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ताकेतादेखि माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामासम्म
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग