शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु

मङ्गलबार, ०४ चैत २०७६, १२ : ३२
मङ्गलबार, ०४ चैत २०७६

मुम्बइ– कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९)बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ । 

कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका छन् । जसमध्ये तीनजना विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन् । भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

हालसम्म भारतमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । यी मध्ये एक कर्नाटक, एकजना दिल्ली र एकजनाको मृत्यु महाराष्ट्रमा भएको छ ।

यसैबीच, मन्त्रिपरिषद्का सचिवहरुले भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर), केन्द्रीय स्वास्थ्य मन्त्रालय र अन्य मन्त्रालयका कोरोनाभाइरस सम्बन्धी वरिष्ठ अधिकारीहरुसँग भेट गर्दैछन् । 

केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले आज साँझ राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्ने र कोरोनाभाइरससम्बन्धी तयारीका बारेमा छलफल गर्ने भएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप