स्पेनका फुटबल प्रशिक्षकको कोरोनाका कारण २१ वर्षमा मृत्यु

स्पेनका फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको २१ वर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको छ ।
ग्रासियाले मालागामा अवस्थित एट्लेटिको पोर्टाडा अल्टाको युथ टिमको म्यानेजरको रुपमा सन् २०१६ देखि काम गर्दै आएका थिए ।
उनलाई गत हप्ता कोभिड–१९ को संक्रमण देखिएपछि उपचारका लागि मालागाको क्षेत्रीय अस्पताल पर्याइएको थियो ।
अस्पतालमा भर्ना भएपछि ग्रासियालाई ल्युकेमिया (रक्त क्यान्सर) समेत भएको पत्ता लाग्यो । रक्त क्यान्सरबाट ग्रसित उनलाई कोरोना भाइरसले थप गालेको थियो जसका कारण अन्ततः उनको ज्यान नै गयो ।
कोरोना भाइरसका कारण मृत्यु हुनेमा उनी पहिलो युवा भएको अनुमान गरिएको छ ।
एट्लेटिको पोर्टाडा अल्टाले ग्रासियको मृत्युमा एक आधिकारिक वक्तव्य सोसल मिडियामार्फत् सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘हाम्रो कोच फ्रान्सिस्को ग्रासियाको परिवार, साथीभाइ तथा आफन्तमा गहिरो समवेदना प्रकट गर्छौं । उहाँले दुर्भाग्यवश हामीलाई आज छोडेर जानुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी