बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को नामकरण र राजधानी तोक्न मतदान हुँदै

मङ्गलबार, ०४ चैत २०७६, १० : ३८
मङ्गलबार, ०४ चैत २०७६

जनकपुर । प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीको टुंगो लगाउन विहान ८ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक अझै बस्न सकेको छैन । 

सभामुख सरोज कुमार यादवले नाम र राजधानीका लागि गठित समितिको बैठक जारी रहेकाले प्रदेश सभा बैठक बस्न केही ढिला हुनेछ । उनले नाम र राजधानीको टुंगो मतदानबाटै लगाइने जानकारी दिए । 

प्रदेशको स्थायी राजधानी जनकपुर राख्ने विषयमा सहमति भइसके पनि नामका विषयमा सहमति हुन सकेको छैन ।

प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र काँग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीका ३०, राजपा नेपालका २५, प्रमुख प्रतिपक्षी नेकपाका ३२, काँग्रेसका १९ र संघीय समाजवादीका एक सांसद छन् । 

नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप