काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काभ्रे । काभ्रेमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको विषयलाई लिएर आगजनी र तोडफोडका घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मंगलबार बिहान नौ बजेदेखि लागु हुनेगरी पनौती नगरपालिकाको चारकिल्ला तोकेर कर्फ्युु आदेश जारी गरेको जानकारी दिए ।
प्रजिअ तिमिल्सिनाले पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको हो । त्यसैगरी बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ ।
कर्फ्युपछि अवस्था सामान्य रहेको र समस्या समाधानका लागि प्रशासनले प्रयास गरिरहेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । टिपरको ठक्करबाट बाटो हिँडिरहेका ३ बर्षकी बालिका र ३३ बर्षकी आमा (आमा–छोरी) को मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका थिए ।
उक्त क्रम मंगलबार पनि नरोकिएपछि प्रशासनले स्थितिलाई नियनत्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ ।
सोमबारप्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते हुनुका साथै आक्रोशित स्थानीयले प्रहरी बिटमा आगजनी समेत गरेका थिए ।
प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।
पनौती बसपार्कमा सोमबार बा ५ ख ५४८० नम्बरको टिपरले खानीखोला गाउँपालिका वडा नम्बर १ की ३३ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षिया छोरी स्मारिकालाई ठक्कर दिँदा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्