हलिउड अभिनेत्री ओल्गा कोरोनाभाइरसबाट संक्रमित
मङ्गलबार, ०४ चैत २०७६, ०८ : ५४
हलिउड अभिनेत्री ओल्गा कुरलेन्को कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’ मा भूमिकामा निभाएकी ओल्डालाई कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएको हो ।
अभिनेत्री ओल्गाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा घरको झ्यालको तस्बिर शेयर गर्दै आफू कोरोना भाइरस संक्रमित भएको जानकारी गराएकी हुन् ।
४० वर्षीया ओल्गा एक सातादेखि बिरामी परेकी थिइन् ।
उनले कोरोना परीक्षणपछि उनले आफूलाई कोठाभित्र बन्द गरेर राखेको जानकारी गराएकी छन् । उनलाई सुरुमा ज्वरो आएको र थकान महसुस हुने जस्ता लक्षणहरु देखिएका थिए । त्यसपछि उनले कोरोनाभाइरस टेस्ट गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने