इराकका तीन सैन्य बेसबाट हट्दै अमेरिकी सेना

इराकमा रहेको अल काइम र अन्य दुई सैन्य बेसबाट अमेरिकी सेना हट्ने भएको छ । हाल इराकमा रहेका आठमध्ये तीन बेसबाट हट्ने निर्णयलाई अमेरिकाले इराकमा आफ्नो ‘पदचाप’ बिस्तारै कम गर्ने रणनीतिको रुपमा अर्थायाइएको छ । पछिल्लो समय इरान र इराक सरकारसँग अमेरिकाको तनाव बढिरहेको बेला यस्तो निर्णय आएको हो ।
अल काइममा एक औपचारिक समारोहका बीच अमेरिकाले उपकरणहरुलाई इराकी सेनालाई हस्तान्तरण गर्नेछ । योसँगै सिरियाको सीमामा इराकपट्टी अमेरिकाको उपस्थिति अन्त्य हुनेछ ।
यो बेस इराकको सबैभन्दा पूरानो रेलवे स्टेसनमा बनाइएको थियो । यो सन् २०१४ मा इस्लामिक स्टेटको कब्जामा पुगेको इराकको पहिलो ठाउँ थियो । सन् २०१७ को नोभेम्बरमा इराकी सेनाले यसमा पुनः नियन्त्रण कायम गरेका थिए ।
इस्लामिक स्टेटमाथिको जीतपछि इरानसमर्थित मिलिसिया समुहले सीमाको दुवै क्षेत्रमा नियन्त्रण बनाएका छन् । अल काइममा इराकी सुरक्षा बलको उपस्थित रहे पनि यस क्षेत्र पपुलर मोबिलाइजेसन फोर्स (पीएफएफ) को नियन्त्रणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई
-
करोड लगानी भएको बाटोमा आफ्नो जग्गा परेको भन्दै रातारात खनिदिए
-
१९७४ एडीको ‘अन्तिम यात्रा’, तस्बिरहरू
-
गोकर्णेश्वर र बौद्ध क्षेत्रमा चामुण्डा रथयात्रा
-
'राजनीतिक अस्थिरताको मुल कारण कांग्रेस र कम्युनिस्ट हुन्'
-
बेसहारालाई प्रदेश सरकारले उपचार गर्छः मन्त्री थापा