शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजना : मुख्य सुरुङमा पठाइयो पानी

मङ्गलबार, ०४ चैत २०७६, ०६ : ३०
मङ्गलबार, ०४ चैत २०७६

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङको परीक्षण सोमवार गरिएको छ । आयोजनाको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरूङसम्म पानी हालेर परीक्षण गरिएको हो । काठमाडौंतर्फ पानी आउने मुख्य सुरूङको १ किलोमीटर भित्रसम्म प्रतिसेकेन्ड ५०० लीटर पानी पठाएर गरिएको परीक्षण सफल भएको आयोजनाले बताएको छ । 

आयोजना निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा त्यहाँ भएका विभिन्न संरचनाको परीक्षण भइरहेको आयोजनाले बताएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङ परीक्षण गर्दा कतै पनि समस्या नदेखिएको बताए । ‘अब अन्य अडिटमार्ग पनि हामी परीक्षण गर्छौं,’ उनले भने, ‘हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

आयोजनाको बाँधस्थलदेखि काठमाडौंको सुन्दरीजलसम्म २६ किमी सुरुङ रहेको छ । अब आयोजनामा चारओटा अडिटमार्गमा गेट र सुरुङभित्र भेन्टिलेशनको काम मात्रै बाँकीे छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.करसुन्दर शिरीषले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप