कोरोना भाइरसको समाधान बताउनेलाई १ लाख पुरस्कार दिने मोदीको घोषणा
सोमबार, ०३ चैत २०७६, २३ : ४३
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको समाधान बताउने जो कोहीलाई एक लाख पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले कोरोना संक्रमणको समाधानको उपाय(औषधी) ल्याउन सके सो पुरस्कारको घोषणा गरेका हुन् ।
मोदीले ट्वीटमार्फत भनेका छन्, ‘धेरै व्यक्तिहरु कोभिड–१९ का लागि प्रविधिमार्फत समाधानहरु साझेदारी गरिरहेका छन् । म उनीहरुलाई @mygovindia मा आफ्ना सुझावहरु साझेदारी गर्न अपिल गर्छु । तपाईको प्रयासले धेरै सहयोग पुर्याउन सक्छ ।’ प्रधानमन्त्री मोदीले यसको छेउमा #indiaFightscorona पनि लेखेका छन् । मोदीले विजेतलाई १ लाख नगद दिने समेत उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान