शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इराकलाई अमेरिकाको चेतावनी

सोमबार, ०३ चैत २०७६, २२ : ३३
सोमबार, ०३ चैत २०७६

एजेन्सी । इराकस्थित अमेरिकी सैनिक आधार शिविरमा श्रृङ्खलावद्ध घातक रकेट आक्रमण भएकोप्रति अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार चासो व्यक्त गर्दै इराकलाई अमेरिकी नागरिकमाथिको कारबाही रोक्न आग्रह गरेका छन्  । उनले अमेरिकाले इराकस्थित अमेरिकी सैन्य शिविरमा भएका आक्रमणको आवश्यक बदला लिने चेतावनी दिए ।

इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीसँग आइतबार टेलिफोन वार्ता गर्दै पोम्पेओले भने, ‘हामीले अमेरिकी नागरिकको जीवनमाथिको आक्रमण र चेतावनीलाई सहन बाध्य हुने छैनौँ।’  ‘इराकी सरकारले जिहादी समूहको आक्रमणबाट सुरक्षा र सहयोगका लागि त्यहाँ तैनाद अमेरिकी सैनिक गठबन्धनको रक्षार्थ सहकार्य गर्नुपर्छ,’ अमेरिकी विदेशमन्त्रालयले वार्ताबारे जानकारी दिन सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

बग्दादको उत्तरी क्षेत्रमा रहेका इराकी सैन्य शिबिरमा विदेशी (अमेरिकी) सेना तैनाथ गरिएको छ भने त्यहाँ इराकी विद्रोही समूहबाट निरन्तर श्रृङ्खलावद्ध आक्रमण प्रयास हुने गरेका छन् । गत साता भएका रकेट आक्रमणमा अमेरिकी सेनाका दुई सैनिकको मृत्यु भएको थियो भने त्यसपछि पनि आक्रमणको श्रृङ्खला नरोकिएको अमेरिकाको दावी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप