सिरहाका ९ जनालाई कोरोना संक्रमणको आशंकामा जनकपुर पठाइयो
सिरहा । कोरोना भाइरस संक्रमण आशंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए ।
केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको वडाअध्यक्ष कामतीले बताए ।
उनले भने, ‘उनीहरुमा देखिएको ज्वारो र रुघा खोकीले गाउँनै आतंकित भएको थियो, त्यसपछि हामीले पनि उनीहरुलाई थप परीक्षणका लागि जनकपुर पठाएका हौं ।’
उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको बडाअध्यक्ष ले जानकारी दिए ।
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरु यही साताअघि मात्र घर आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता