बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

युरोकप स्थगित गर्न इटालीको माग

सोमबार, ०३ चैत २०७६, १८ : ५१
सोमबार, ०३ चैत २०७६

एजेन्सी । इटालीले यसैवर्ष आयोजना हुने युरोकप फुटबल स्थगित गर्न माग गरेको छ । इटालियन महासंघका अध्यक्ष ग्याब्रियल ग्रेविनाले इटालियन सिरि ए लगायत सबै फुटबल गतिविधि ठप्प भएको अवस्थामा युरोकप पनि स्थगित गरिनु पर्ने माग राखेका हुन् । ग्याब्रियल उक्त मागलाई युरोपेली फुटबल महासंघ (युईएफए) को मंगलबार बस्ने बैठकमा प्रस्तावको रुपमा लैजानेछन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस र यसले विश्व फुटबलमा पारेको असरका बारे युईएफएको आकस्मिक बैठक मंगलबार बस्दैछ । इटालियन सिरि ए भर्खर स्थगित भएको छ । इटालीमा फुटबल लगायत यन्य खेल गतिविधि पनि ठप्प भएका छन् । अहिले इटालीमा कोरोनाको भाईरसको प्रकोप बढिरहेको छ । युईएफले मंगलबार ५५ सदस्य राष्ट्रका प्रतिनिधिसँग छलफल गर्दैछ । यसले युरोको विषयमा पनि निर्णय गर्ने बताइएको छ । यसअघि युरोकप सन् २०२० जुन १२ देखि जुलाई १२ सम्म सञ्चालन गर्ने तयारी थियो ।

युईएफएले युरोकप फुटबलको समूह विभाजन यसअघिनै गरको छ । यसपटक साविक विजेता पोर्चुगल कठिन समूहमा परेको हो । पोर्चुगल रहेको समुह ‘एफ’ मा फ्रान्स र जर्मनी छन् । यस समूहमा इजरायल, रोमानिया, बुल्गेरिया वा हंगेरीमध्ये एक टोली प्लेअफबाट आउनेछ ।
यसैगरी समुह ‘ए’ मा टर्की, इटली, वेल्स र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्यान्ड छन् । समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया र एक टोली प्ले अफबाट आउनेछ ।
समूह ‘डी’ मा इङ्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक र प्ले अफ छनोटबाट आउने टोली रहेको छ । समूह ‘ई’ मा स्पेन, पोल्यान्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टोली रहेको छ । जुन १२ देखि जुलाई १२ सम्म तय भएको युरोकपका खेल विभिन्न १२ देशमा हुने भनिएको थियो । युरोकपमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप