मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने यूएईस्थित नेपाली दूतावासको निर्णय
सोमबार, ०३ चैत २०७६, १५ : १४

यूएई । यूएईस्थित नेपाली दूतावासले श्रमिकको मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने भएको छ । बिश्वब्यापी कोरोना भाइरसको कारण युएईमा दिइँदै आएको श्रमिकको मागपत्र प्रमाणीकरणको काम झमंगलबारदेखि बन्द गर्ने यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।
भोलि मंगलबारदेखि अर्को सूचना जारी नहुँदासम्म प्रमाणीकरण सेवा बन्द रहने दूतावासले जनाएको हो । ट्राभल डकुमेन्ट, शव नेपाल पठाउने, एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेजस्ता आवश्यक सेवा भने सुचारू हुने बिज्ञप्तिमा उल्लेख छ।
सरकारले फागुन २९ गतेदेखि विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र कन्सुलर सम्बन्धीका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
-
घरजग्गा कारोबारमा २.७२ मूल्य अभिवृद्धि दर रहने प्रक्षेपण
-
एनआरएनएको एकता महाधिवेशन वैशाख २० गतेदेखि, सर्वोच्चमा बुधबार पनि मुद्दा 'हेर्न नमिल्ने'मा
-
सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्रीसँग वार्ता सुरू
-
नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिश हुने प्रक्षेपण
-
काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु