शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी विनिमय मुद्दामा फरार शेर्पा कारागार चलान

सोमबार, ०३ चैत २०७६, १४ : ३४
सोमबार, ०३ चैत २०७६

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी विनिमय मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरी कारागार चलान गरेको छ । ब्यूरोको टोलीले विदेशी विनिमय मुद्दामा फरार सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ का ३७ वर्षीया साङ्डोमा शेर्पालाई आइतबार स्वयम्भूबाट पक्राउ गरी आज कारागार चलान गरेको हो । 

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले विसं २०७१ साउनमा सिन्धुपाल्चोक जिल्ला अदालतको फैसलाले रु ६८ लाख ६२ हजार ४१३ जरिवाना सुनाएपछि शेर्पा फरार रहेको जानकारी दिए । पक्राउ शेर्पालाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा उक्त अदालतको आदेशानुसार कारागार सजायका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको ब्यूरोले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप