मुटु रोगी कोरोनाबाट सतर्क रहौंः डा.भगवान कोइराला
सोमबार, ०३ चैत २०७६, १४ : १३
काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेकोले मुटु रोगीहरुले विशेष सतर्कता अप्नाउनुपर्नेमा जोड दिएका छन् ।
डा.कोइरालाले मुटु रोगीहरुलाई कोरोना लागेमा मृत्युदर उच्च हुने चेतावनी दिँदै थप सावधानी अप्नाउन आग्रह गरेका हुन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले उक्त रोग लागेका बिरामीहरुलाई भीडमा नजान, खोकी ज्वरोको संक्रमितहरुको नजिक नपर्न र अपरिचत सामान वा व्यक्ति छोएपछि तुरुन्त हात धुन आग्रह गरेका छन् ।