के हुन्छ प्रहरीले बरामद गरेको १० लाख बढी मास्क ?
काठमाडौं । विश्वभर कोरोना भाइरसको त्रास फैलिरहँदा नेपाली बजारमा पनि मास्कको चरम अभाव भइरहेको छ । यही बेला मास्कमा कालोबजारी हुँदा नेपाल प्रहरीले छापा मारेर ठूलो परिमाणमा मास्क बरामद गरेको छ । आइतबार र सोमबार मात्रै प्रहरीले १० लाखभन्दा बढी मेडिकल मास्क बरामद गरेको छ ।
ठूलो परिमाणमा मास्क बरामद भएपछि बजारमा अब मास्कको अभाव नहुने आम जनमानसको बुझाइ छ । यहीबीच बरामद भएको मास्क अब के हुन्छ त ? सर्वसाधारणले प्रयोग गर्न पाउँछन् त ? आम जनमानसमा यो पनि चासोको विषय छ ।
बरामद मास्क अब प्रयोग गर्न पाइन्छ भन्दै धेरै मानिसहरुले ठानेका छन् । तर, बरामद मास्क तत्काल बजारमा पठाइँदैछन बरु प्रहरीले सिलबन्दी गरेर थन्क्याउनेछ ।
बजारमा मास्क अभाव भएसँगै अन्य समयको भन्दा १० गुणाभन्दा बढी मूल्यमा उपभोक्ता कालोबजारीको रूपमा मास्क किन्न बाध्य छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले बरामद गरेको मास्क गोदाममा शिलबन्दी गरेर थन्क्याइने बताए ।
‘कानुनी प्रक्रिया पूरा नभएसम्म बरामद सामग्री हामीसँगै रहन्छ । कानुनी प्रक्रिया सिडिओको निर्णयमा भर पर्छ,’ डीएसपी बोगटीले भने, ‘कालोबजारी सम्बन्धी कसुर हेर्ने अधिकार सिडिओसँग छ ।’
मुद्दा टुङ्गो नलागेसम्म बरामद मास्क जफत नै रहनेछ । प्रक्रिया टुंगो लागेपछि जफत गरिएको मास्क नेपाल सरकारबाट बिक्री हुनसक्ने कानुनी व्यवस्थामा उल्लेख छ ।
यसरी बजारमा मास्कको चरम अभाव भइरहेबेला मास्क थन्क्याउनु भन्दा टेण्डर प्रक्रिया गरेर कसैलाई बेच्न दिनु सरकारी अधिकारीहरुको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
