बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु

सोमबार, ०३ चैत २०७६, १२ : ४०
सोमबार, ०३ चैत २०७६

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप