झापाका बिरामीमा भेटिएन कोभिड–१९ सङ्क्रमण
सोमबार, ०३ चैत २०७६, १२ : ३३

कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ ।
भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गरे ।
“उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
-
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र
-
सीपीसी र माओवादी सुदुरपश्चिम प्रदेशबीच आपसी सहयोगबारे सम्झौता
-
संविधानमा चित्त नबुझेको कुरा विधि प्रकिया पूरा गरेर संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर