डब्लूएचओद्वारा प्रियंका र दीपिकालाई कोरोनाविरुद्धको लडाईमा साथ दिन अपिल
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध यतिबेला विश्व लडिरहेको छ । कोरोना भाइरसले विश्वलाई आक्रान्त पारिरहेको छ । र संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओका) महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले विभिन्न व्यक्तिहरुलाई कोरोना विरुद्धको लडाईमा साथ दिन आह्वान गरिरहेका छन् ।
उनले ट्विटरमार्फत बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडालाई पनि यस अभियानमा साथ दिन आग्रह गरेका छन् ।
प्रियंका र दीपिकालाई सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा हातेमालो गर्न आग्रह गरेका हुन् । महानिर्देशक एधानोमले हलिउडमा समेत चर्चित रहेका यी दुई अभिनेत्रीलाई डब्लूएचओको ‘सेफ ह्याण्ड’ अर्थात हात धुने अभियानमा सहभागी हुन अपिल गरेका हुन् ।
I now nominate:@Pschmeichel1
— Tedros Adhanom Ghebreyesus (@DrTedros) March 13, 2020
Nasser Al-Khelaifi @PSG_inside@paulpogba@RomeluLukaku9 @PauDybala_JR
to take the #SafeHands challenge by sharing their video & calling on at least another 3 people to join us! Together, we can beat #COVID19!
हात धुने (सेफ ह्याण्ड) अभियान सामाजिक सञ्जालमा चर्चित भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी
-
इरानविरुद्ध इजरायलले गर्यो जवाफी कारबाही
-
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सुरु
-
भारतमा लोकसभाको निर्वाचन सुरु