शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा पुरानै प्रश्नपत्रबाट वार्षिक परीक्षा

सोमबार, ०३ चैत २०७६, १० : १४
सोमबार, ०३ चैत २०७६

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षा क्षेत्रमा चरम लापरवाही देखिएको छ । नगरक्षेत्र अन्तर्गतको सवै विद्यालयमा पुरानै प्रश्नपत्र प्रयोगगरी कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन गरिएको छ ।

नगरपालिका अन्तर्गतका ३२ वटा विद्यालयमा गत वर्षको प्रश्नपत्रको आधारमा परीक्षा गराइरहेको एकजना अभिभावक परमेश्वर यादवले बताए । नगरशिक्षा संयोजक बुनिलाल यादवले गैरजिम्मेवारपूर्ण तरिकाले हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको अभिभावक यादवको भनाइ छ ।

परीक्षा सञ्चालनका निमित्त नगरपालिकाबाट प्राप्त रकम खर्च नगरी अनियमितता गर्ने मनसायले पुरानै प्रश्नपत्र प्रयोग भइरहेको अभिभावकहरुको आरोप छ ।

पछिल्ला तीन दिनदेखि अंग्रेजी, नेपाली र विज्ञान विषयको परीक्षा पुरानै प्रश्नबाट लिईएको छ । लगातार तीन दिन अक्षरसः पुरानै प्रश्नपत्रको प्रयोग भएपछि अभिभावकहरुले घटना सार्वजनिक गरेका छन् ।

हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने संयोजक यादवमाथि कडा कारवाही हुनुपर्ने अभिभावकहरुको माग छ ।

शिक्षा संयोजक यादवले प्रेसको गल्तीले यस्तो हुन गएको जनाए । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्ला शिक्षा समन्वय ईकाईमार्फत नियमानुसार कडा कारवाहीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

फतुवा बिजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले पटक पटक गल्ती गर्ने संयोजक यादवलाई पदमुक्त गर्ने जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप