बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेयमारलाई बेच्न पीएसजी तयार

सोमबार, ०३ चैत २०७६, ०९ : २३
सोमबार, ०३ चैत २०७६

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सुपर स्टार नेयमारलाई बेच्न तयार भएको छ । पीएसजीले गत समरमा तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड घटाएर नेयमारलाई बेच्न तयार भएको हो । पीएसजीले नेयमारको नयाँ मुल्य एक सय ३५ मिलियन पाउन्ड राखेको छ । यसअघि नेयमारको मुल्य एक ८६ मिलियन पाउन्ड तोकिएको थियो ।

यससँगै नयमार अब जुकुनै क्लमा जान फुकुवा भएका छन् । गत समरमा नेयमारलाई फर्काउन स्पेनिस क्लब बार्सिलोना तयार भएपनि अन्तिममा बार्सिलोना र पीएसजीबीच मुल्यका कुरा नमिल्दा नेयमार अन्तिममा पीएसजीमै थन्किएका थिए ।

ब्राजिलियन नेयमारको मुल्य घटेसँगै उनलाई पूर्व क्लब बार्सिलोनालेनै अनुबन्ध गर्न लागेको अन्तर्राष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् । नेयमारले पनि यसअघिनै पीएसजी छाड्न चाहेका थिए । उनलाई आगामी समरमा बार्सिलोनाले फर्काउनेछ । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । यद्यपी उनी पीएसजीमा त्यति खुशी देखिएका थिएनन् ।

पटक पटक घाइते भएका नेयमारको विषयमा नकारात्मक आलोचना समेत भएको थियो । नेयमारले चोटकै कारण पीएसजीमा ५३ खेल गुमाएका थिए । पीएसजी नेयमारलाई बेचेपनि केलियन एमबाप्पेलाई भने क्लबमै राख्ने योजनामा छ । २८ वर्षीय नेयमारले पीएसजीमा तीन सिजनमा ८० खेल खेल्दै ६९ गोल गरेका छन् । पीएसजी अहिले फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको छ । च्याम्पियन्स लिगको पनि क्वार्टरफाइनलमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप