शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आमिर खानका जीवनका १० रोचक तथ्य

सोमबार, ०३ चैत २०७६, ०९ : ०९
सोमबार, ०३ चैत २०७६

‘मिस्टर परफेक्शनिस्ट’ को नामले परिचित बलिउडका अभिनेता आमिर खान प्रायः फिल्ममा आफ्ना शर्तहरु अगाडि राखेर मात्रै काम गर्ने गर्छन् । यसै कारणले पनि उनी वर्षमा एक पटक मात्रै काम गर्ने गर्छन् । उनी पछिल्लो समय नयाँ फिल्म ‘लाल सिंह चढ्ढा’ लाई लिएर चर्चामा रहेका छन् । 

आमिर खानका १० रोचक तथ्यः 

१. आमिर फिल्ममा अभिनेताको रुपमा काम गर्नुभन्दा पहिले निर्देशक थिए । आमिरले आफ्ना काका नासिर हुसैनसँग तीन वर्षसम्म फिल्म निर्देशन गरेका थिए । उनीसँग आमिर खानले दुई वटा फिल्म खेलेका थिए । 

२. आमिर खान एक मात्र यस्ता अभिनेता हुन् जसले म्याडम तुसाद म्यूजियममा आफ्नो मैनको पुतला बनाउन इन्कार गरेका थिए । 

३. आमिर खानले हरेक वर्ष कुनै न कुनै सामाजिक विषयवस्तुमा आधारित फिल्म गर्ने गरेका छन् । जसका कारण उनलाई हरेक पटक उनका परिवार र साथीभाईले निकै गाली गर्ने गर्छन् । आमिर खानले गरेको फिल्मको कथावस्तु नचल्ने खालका हुन्छन् तर उनले यति मेहनत गर्छन् कि फिल्म ब्लकबस्टर बन्छ ।

४. आमिरले बलिउडमा ‘कयामत से कयामत’ बाट डेब्यू गरेका थिए । यो फिल्म १९८८ मा रिलीज भएको थियो । यो फिल्म निकै चर्चामा रह्यो । फिल्मको प्रमोशनका लागि आमिरले हातमा पोस्टर टाँसेका थिए ।

५. आमिर खान टेनिस खेलाडी पनि हुन् । उनी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका थिए । 

६. आमिरले बालकलाकारको रुपमा पनि काम गरिसकेका छन् । उनका काका नसिरको फिल्म ‘यादों की बारात’ मा बाल कलाकारको रुपमा काम गरेका थिए । उक्त फिल्म १९७३ मा रिलीज भएका थिए ।

७. फिल्ममा डेब्यू गर्नुअघि आमिरले १९८४ मा स–साना भूमिका निभाएका थिए । उक्त फिल्मको नाम ‘होली’ थियो । 

८.सन् २०१३ मा टाइम म्यागाजिकले सार्वजनिक गरेको संसारका १० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका थिए ।

९. आफ्ना भतिजा इमरान खानलाई डेब्यू गराउन आमिर खानले फिल्म ‘जाने तु...या जाने न’ को निर्माण गरेका थिए । यो फिल्म दर्शकहरुले निकै मन पराएका थिए । 

१०. आमिर खान आफ्नो फिल्मले मनोरञ्जन सँगसँगै समाजमा केही सन्देश पनि दिने गर्छन् । उनलाई २००३ मा पद्यश्री र २०१० मा पद्य भूषणबाट पुरस्कृत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप