शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उर्जामन्त्रीको प्रयासः २० वर्षदेखिको अलपत्र योजना सफल हुँदै

आइतबार, ०२ चैत २०७६, १९ : ०२
आइतबार, ०२ चैत २०७६

काठमा । करिब २० वर्षअघि सुरु भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत भक्तपुरमा बिजुली लैजाने योजना अब भने सम्भव हुने भएको छ ।  ललितपुरको खोकना र चापागाउँबासीको निरन्तरको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा शवस्टेशन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुर विद्युत पु¥याउने योजना अघि सारेको हो । तर, शवस्टेशन निर्माणका लागि आवश्यक जमिन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब शबस्टेशन बन्ने निश्चित भएको छ । त्यस सम्बन्धमा ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तको अग्रसरतामा दुई मन्त्रालयबीच आइतबार छलफल भयो । ऊर्जा मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री लेखराज भट्टले शवस्टेशनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

त्यस स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमिन सुख्खा बन्दरगाह निर्माणका लागि खरिद गरेको थियो । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ । कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्यन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीहरुको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति दुई मन्त्रालयबीच भएको छ । ऊर्जामन्त्री पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित शवस्टेशन निर्माणस्थलमै गएर जमिनबारे अन्तिम टुंगो लगाउने भएका छन् । 

चोभारमा शवस्टेशन नबनाउँदा नेपाल विद्युत प्राधिकरणको मातातीर्थ शबस्टेशनमा त्रिशूली र मस्र्याङदी करिडोरबाट आउने बिजुली काठमाण्डु ल्याउन असम्भव प्रायः छ ।  ऊर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्री पुन र भट्टका साथै ऊर्जा मन्त्रालयमा सचिव दिनेश घिमिरे, सह–सचिव एवम् प्रवक्ता प्रवीणराज अर्याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल, सह–सचिव एवं सुख्खा बन्दरगाह निर्माणको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवजराज ढकाललगायत सहभागी रहेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप