बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रियालिटी शो ‘सुनौलो तारा’ डिशहोममा, बालबालिकाहरुका लागि उत्कृष्ठ प्लेटफम

आइतबार, ०२ चैत २०७६, १८ : ३७
आइतबार, ०२ चैत २०७६

काठमाडौं– नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको छ । 

नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वदी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो । 

डिशहोमको च्यानल नं.१०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखी प्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० बजे प्रशारण हुने छ । रियालिटी शो टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । 

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ  होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । 

यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीहरु लाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप