भोजपुरमा हत्या अभियोगमा २ जनालाई जन्मकैद

भोजपुर । जिल्ला अदालतले हत्या गरेको अभियोगमा दुईजनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला गरेको हो ।
अभियुक्तद्वयले गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी घर भएकी ४८ वर्षीया भइमाया राई (गुरुङ) को कुटपिट गरी हत्या गरेको अदालतले जनाएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोही ऐनको १७७ (२० बमोजिम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही रु ५० हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको अदालतले जनाएको छ ।
उनीहरुले सामान्य विवादपछि उल्टो पट्टिबाट खुकुरी प्रहार गरी घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले हत्या गरेको आठ दिनपछि गत साउन १६ गते पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प