मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इट्टा उद्योग सञ्चालक माथि आक्रामण

आइतबार, ०२ चैत २०७६, १६ : ५०
आइतबार, ०२ चैत २०७६

रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ स्थित दुधियाभार चौकमा रहेको दाइभाइ इट्टा उद्योग सञ्चालकमाथि कुटपिट हुनुका साथै उद्योगमा तोडफोड भएको छ । 
बाँस, लाठी, घरेलु हातहतियार सहित गएको एक समूहले इट्टा उद्योगका संचालक रामबाबु चौधरीको भाइ मुखेश कुमार चौधरी सहित  ८ जना माथि कुटपिट गरेकाे बताइएको छ । 

कुटाइबाट गम्भीर घाइते मुकेश कुमार चौधरीलाई गरुडामा समान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए । 

आक्रमणकारीहरुले इट्टा भटामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेकटर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । दाइभाइ इट्टा उद्योगमा २० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले बताए । 

 घटनामा संग्लग्न रहेको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार साँझ गरुडा नगरपालिका पोटियाहीमा वडा नम्बर ६ का अध्यक्ष अशोक यादवको समूह र वडाका प्रत्यासी रामबाबु चौधरीको समूह बीच भनाभन भएको थियो । सोही विवाद बढ्दै जाँदा आइतबार सो घटना भएको बताइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप