शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा ढाकाको मास्क उत्पादन

आइतबार, ०२ चैत २०७६, १६ : २९
आइतबार, ०२ चैत २०७६

बुटवल । करुवा र ढाका उत्पादनले विशेष पहिचान बोकेको पाल्पामा बजारको माग पूर्ति गर्न ढाकाको मास्क उत्पादन सुरु गरिएको छ ।  तानसेनमा रहेको पाल्पा मदन पोखरा ढाका पसलले ढाकाको मास्क उत्पादन थालेको हो । 

उद्योगका सञ्चालक कमल भण्डारीका अनुसार ढाकाको मास्कको अहिले राम्रो व्यापार भइरहेको छ ।  पछिल्लो एक हप्ता मै ३० हजार मास्क उत्पादन भइसकेको  उद्योगकी प्रबन्ध निर्देशक सितम् भण्डारीले जानकारी  दिइन् ।  

माग बढिरहेको भन्दै उनले उत्पादित ढाकाको मास्क काठमाण्डौं , पोखरा , नारायणघाट , बुटवल , भैरहवमा , पूर्वी नेपाल र सुदुरपश्चिमाञ्चलको धनगढीसम्मबाट माग भएको बताइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप