एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द
वासिङ्टन । कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ ।
एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको र कोरोनाको सङ्क्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिएको बताएका छन् । कम्पनीले चीन बाहेकका अन्य मुलुकमा रहेका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरिएको जनाएको छ । कूकले अनलाइन स्टोर भने खुलै रहने बताएका छन् ।
कम्पनीले घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्देशिका बमोजिम आवश्यक सजकता अपनाइने बताएको छ । सिन्ह्वाका अनुसार चीनमा कोरोना सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएका कारण एप्पलका सबै स्टोर खुला गरिएको छ । अमेरिकामा रहेका ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना कार्यालयको व्यवस्थापनमा नयाँ व्यवस्था गरेका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक शनिबारदेखि
-
आईसीसी च्याम्पियन्स ट्रफीमा क्रमभंग : हुने छैन कप्तानहरूको सामूहिक पत्रकार सम्मेलन र फोटोशुट कार्यक्रम
-
सरकारले निरंकुश शासनको झल्को दियो : राजेन्द्र पाण्डे
-
अफगानिस्तानका चर्चित क्रिकेटर शपुर जदरानको सन्न्यास
-
ट्रम्पले फेरि दिए ब्रिक्स देशहरूलाई चेतावनी
-
प्रहरी प्रमुखमाथि छानबिन गर्न लिङ्देनको माग