एसईई परीक्षा सर्न सक्ने स्वास्थ्यमन्त्रीको संकेत !
आइतबार, ०२ चैत २०७६, १४ : ३४
काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चैत ६ गतेबाट सुरु हुने यस वर्षको एसईई परीक्षा सर्नसक्ने संकेत गरेका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले उक्त संकेत गरेका हुन् ।
‘एसईई परीक्षा चैत ५ गते पछाडि सञ्चालन हुँदैछ । चैत ४ गतेसम्मको अवस्था हेर्दाखेरि छिमेकी मित्र राष्ट्रहरुसँग आइपुगेको त्यो संक्रमण यहाँ भित्रियो भने त्यो जोखिमबाट जोगिनलाई परीक्षा स्थगन गर्नुपछ, त्यसमा कुनै दुविधा रहेन तर अलिकति समय लगाएर हेर्दै जाउँ भन्ने खालको कुरा छ’, मन्त्री ढकालको भनाइ छ । तर अहिलेकै अवस्था रहेमा परीक्षा स्थगित नहुने उनले स्पस्ट पारे ।
एसईई परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला
-
चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै
-
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा
-
पर्यटन प्रवर्द्धन गर्न हेटौँडा- सौराहा साइकल यात्रा