कोरोना महामारी नियन्त्रणमा चीनबाट विश्वले सिक्न सक्ने पाठ के हुन् ?
चीनका जनस्वास्थ्य विज्ञहरु सिफङ ऊ*,स्याओलिन स्यू ** र सुच्यू वाङ***
* चीनको जेज्याङ प्रान्तको राजधानी ह्याङजुले कोभिड–१९ का विरुद्ध तुरुन्तै प्रक्रिया देखायो, जबकि त्यहाँ संक्रमण देखापरेकै थिएन ।
* उक्त शहरले कोरोनाभाइरसलाई खोज्न र फैलिनबाट रोक्नका लागि तथ्यांकहरु र क्यूआर कोड, जस्ता सूचना प्रविधिको प्रयोग गरयो ।
* सावधानीपूर्वक तयार गरिएका योजनाहरु र प्रष्ट सूचनाको सम्प्रेषणले ऊहानको तुलनामा कोभिड–१९ को असरलाई कम गर्यो ।
* अहिले कोभिड–१९ को संक्रमण संसारभरि महामारीको रुपमा फैलिइदै जाँदा चीनले अपनाएका तरिकाहरु त्यसका विरुद्ध संघर्षरत मुलुकहरुका लागि सिक्न सकिने कुरा हुन सक्छ ।
चीनको जेज्याङ प्रान्तको राजधानी ह्याङजु कोभिड–१९ को उद्गमस्थल ऊहानदेखि १ हजार माइलभन्दा पर अवस्थित छ । तर कोरोनाको महामारी फैलिन शुरु हुनेबित्तिकै उसले नियन्त्रण र रोकथामका थुप्रै उपायहरु लागू गर्यो ।
उसले लागू गरेका महत्वपूर्ण ६ वटा कुराहरु यसअनुसार छन् :
१. तीब्रता र सटिकता : रोग चिन्न र थाहा पाउनको लागि मुख्य कडी
यो अज्ञात भाइरस देखापरेको हप्तादिनभित्रै चीनले सफलतापूर्वक सिक्वेन्स पत्ता लगाएर त्यसको जेनेटिक जानकारीहरु विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दियो ।
सन् २००३ मा सार्सको बारेमा त्यही कुरा थाहा पाउन महिना दिन लागेको थियो भने १९८० को दशकमा एचआईभीको बारेमा त केही वर्ष नै लागेको थियो ।
यो अज्ञात भाइरस देखापरेको हप्तादिनभित्रै चीनले सफलतापूर्वक सिक्वेन्स पत्ता लगाएर त्यसको जेनेटिक जानकारीहरु विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दियो । सन् २००३ मा सार्सको बारेमा त्यही कुरा थाहा पाउन महिना दिन लागेको थियो भने १९८० को दशकमा एचआईभीको बारेमा त केही वर्ष नै लागेको थियो ।
भाइरसको विरुद्ध खोप तथा औषधीय उपचारहरु विकास गर्नको लागि त्यसको जेनेटिक सिक्वेन्स पत्ता लगाउनु अत्यन्तै जरुरी हुन्छ । कोभिड– १९ को पहिचान अति तीब्र रुपमा भएको कारण संसारभरिका वैज्ञानिकहरुलाई यसका बारेमा परीक्षण गर्ने किटहरु, उपचारका विकल्पहरु र खोप समेतको विकासको थालनी गर्न बाटो खोलिदियो ।
यो प्रमुख महामारीलाई नियन्त्रण गर्नका लागि एउटा प्रमुख उपाय नै विशिष्ट, भरपर्दो, सटीक र चाँडो चिन्ने तरिका रह्यो जसले संक्रमित भएका र नभएका मानिसहरुलाई छुट्याउन सकियो । ऊहानमा भाइरसको संक्रमण देखिएका प्रारम्भिक दिनहरुमा, संक्रमण जाँच्ने किटहरु नै उपलब्ध थिएन, र संक्रमण भए नभएको पत्ता लगाउने उपाय प्रयोगशालामा गरिने न्यूक्लेइक एसिड सिक्वेन्सिङ एनालाइसिसमा निर्भर थियो र त्यो अत्यन्तै खर्चिलो र धेरै जनशक्ति लाग्ने खालको तरिका थियो । चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले तत्कालै बायोटेक कम्पनीहरुमा रोग पहिचान किटको विकास गराउनेतर्फ कामलाई तीब्र बनायो । त्यसअनुसार संक्रमण पहिचान गर्ने पहिलो किट १३ जनवरीमै बनाइयो र त्यसको दुई हप्ताभित्रैमा पर्याप्त मात्रामा त्यो उपलब्ध गराइए ।
२. सही समयमा, सही ठाउँमा सही मानिसहरुका लागि सही निर्णय लिइनु
चीनको अनुभवले महामारीका घटनाहरु विज्ञान र जनस्वास्थ्य विज्ञहरुको सल्लाहलाई सुन्नु पर्ने कुरालाई पुनः स्थापित गरिदियो । र, साथसाथै त्यस घटनामा कुनै प्रतिक्रिया नै नदिनुभन्दा बरु अलि बढी नै प्रतिक्रिया दिनु राम्रो हुने पनि देखायो ।
चीनको अनुभवले महामारीका घटनाहरु विज्ञान र जनस्वास्थ्य विज्ञहरुको सल्लाहलाई सुन्नु पर्ने कुरालाई पुनः स्थापित गरिदियो । र, साथसाथै त्यस घटनामा कुनै प्रतिक्रिया नै नदिनुभन्दा बरु अलि बढी नै प्रतिक्रिया दिनु राम्रो हुने पनि देखायो ।
सरकारी अधिकारीहरु र स्वास्थ्य विज्ञहरुसँग सहकार्यमा आधारत चीनको अद्वितीय प्रणालीगत र आक्रामक खतराको सामना गर्ने प्रणाली कोभिड–१९ लाई नियन्त्रण गर्ने र आफ्नो पकडमा राख्ने काममा अत्यन्तै प्रभावकारी साबित भयो । रोगसँग सम्बन्धित क्लिनिकल डाटाहरु सार्वजनिक गरिनु र विश्व स्वास्थ्य संगठनलाई प्रदान गरिनुले संसारभरिका थुप्रैलाई यस संक्रमणको विस्तारका बारेमा तयारी रहन सहयोग गर्यो । उदाहरणका लागि, चीनको ४० हजारभन्दा बढी केसहरुको अध्ययनबाट हामीले थाहा पायौं कि कोभिड–१९ को संक्रमणमा परेका ८० प्रतिशतभन्दा बढीलाई त चिकित्सीय उपचारको आवश्यकता ने पर्दैन, जबकि २० प्रतिशतलाई भने चिकित्सीय उपचार र हेरचाहको जरुरत पर्दछ ।
कोभिड–१९ को संक्रमणको शुरुवाती दिनहरुमै, यति उच्च तहमा जोखिम व्यवस्थापन गर्ने गरी कारवाही थाल्नेमा जेज्याङ प्रान्त नै पहिले थियो जबकि त्यतिखेर त्यहाँ संक्रमणका कुनै केसहरु प्रमाणित नै भएका थिएनन् ।
कोभिड–१९ लाई फैलिन नदिनको लागि ह्याङजुले गरेका नियन्त्रणका कामहरुबाट सिकिएका पाठहरु यस प्रकार छन् :
- लकडाउन गर्नुको कारण र प्रभावका बारेमा प्रष्ट नीति निर्देशनहरु उपलब्ध गराउनु ।
- त्यो लागू भए नभएको कुराको व्यक्तिगत तहमा, अपार्टमेन्टहरुमा, घरहरुमा, समुदायमा, संस्थाहरुमा, सार्वजनिक निकायहरुमा र शहर व्यवस्थापनहरुमा निगरानी र खोज गरिनु ।
- अत्यावश्यक चीजहरु जस्तै खानेकुरा र आपूर्तिहरुको प्रवाहलाई सरकार नियन्त्रित बन्दोबस्तमा व्यस्थित ढंगले गरिनु ।
- संक्रमितहरुलाई आइसोलेसनमा राख्न, निगरानी गर्न र उपचार गर्नका लागि उपचार तथा व्यवस्थापनका लागि संक्रमण उपचार गरिने स्थानहरु तयार पारिनु ।
- विद्युतीय रेकर्ड तथा निगरानी राखिने प्रणालीको विकास गरिनु र संक्रमण देखिएका केसहरुलाई व्यवस्थापन गर्नका लागि स्थानीय मानिसहरुको टोली प्रतिहप्ता २४ सै घण्टा खटाइनु ।
- नागरिकहरुलाई हरदम सुसूचित राख्नका लािग केन्द्रीकृत रिपोर्टिङ गर्ने तथा सूचना प्रदान गर्ने माध्यमहरु स्थापित गरिनु ।
३. महामारी फर्केर आउने सम्भावनालाई पन्छाउनको लागि पर्याप्त डाटा तथा सूचना प्रविधि महत्वपूर्ण
विश्वप्रसिद्ध अनलाइन कम्पनी अलिबाबाको हेडक्वार्टर समेत रहेको ह्याङजु त्यस्ता पहिला शहरहरुमध्येका एक हुन् जसले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नको लागि पर्याप्त डाटा र सूचना प्रविधिको प्रयोग गर्यो । तिनीहरुले यो तरिकालाई ‘एक नक्सा, एक क्यूआर कोड र एक सूचाङ्क “one map, one QR code, and one index.” भनी नाम दिएका थिए ।
अहिले कामदारहरुका लागि छानिएका उद्योगधन्दा तथा संस्थाहरु खोल्नका लागि अनुमति दिइएको दुई हप्ता भइसकेको छ । उनीहरुले लागू गरेका नीति यस अनुसार छन् :
- प्राथमिकताका आधारमा विभिन्न चरणमा व्यवसायहरु खुलेका छन् । उदाहरणका लागि, सबैभन्दा पहिले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उद्योगधन्दाहरुलाई खोल्न अनुमति दिइयो ।
- ट्याक रेकर्डका आधारमा प्रतिबन्ध वा नियन्त्रणहरु खुकुलो पारिए ।
- शहरमा रहेका तथा शहरमा आउने सबैको तथ्यांक रहने गरीस्वास्थ्य क्यूआरकोड बनाइए । त्यसमा पनि हरियो कोड पाएकाहरुलाई स्वतन्त्रतापूर्वक आवतजावत गर्न अनुमति दिइयो । पहेलो कोड पाएकाहरुले सात दिनसम्म स्व–क्वारेन्टाइनमा बस्नुपर्ने भयो । त्यसैगरी, रातो कोड पाएकाहरुले १४ दिनसम्म स्व–क्वारेन्टाइनमा बस्नुपर्ने गराइयो । क्वारेन्टाइन समयावधि पूरा गरेपछि रातो वा पहेलो कोडलाई हरियो कोडमा बदलिने व्यवस्था गरियो । जेज्याङ प्रान्तका प्राय सबै सहरहरुमा स्वास्थ्य निगरानी प्रणालीलाई लागू गरियो र अरु प्रान्तहरुमा पनि त्यो प्रणाली लागू गरिने भइयो ।
- प्रत्येक व्यक्तिले आफ्नो स्वास्थय स्थितिलाई नियन्त्रित राख्नको लागि आफूलाई स्वनिगरानी गर्ने, तापक्रम लिने र आफ्ना प्रोफाइल अपडेट गर्नैपर्ने व्यवस्था गरियो ।
- ती सबै स्वास्थ्य तथ्यांकहरु ह्याङजुको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले नजिकैबाट निगरानी गर्ने गरियो ।
शहरमा रहेका तथा शहरमा आउने सबैको तथ्यांक रहने गरीस्वास्थ्य क्यूआरकोड बनाइए । त्यसमा पनि हरियो कोड पाएकाहरुलाई स्वतन्त्रतापूर्वक आवतजावत गर्न अनुमति दिइयो । पहेलो कोड पाएकाहरुले सात दिनसम्म स्व–क्वारेन्टाइनमा बस्नुपर्ने भयो । त्यसैगरी, रातो कोड पाएकाहरुले १४ दिनसम्म स्व–क्वारेन्टाइनमा बस्नुपर्ने गराइयो । क्वारेन्टाइन समयावधि पूरा गरेपछि रातो वा पहेलो कोडलाई हरियो कोडमा बदलिने व्यवस्था गरियो । जेज्याङ प्रान्तका प्राय सबै सहरहरुमा स्वास्थ्य निगरानी प्रणालीलाई लागू गरियो र अरु प्रान्तहरुमा पनि त्यो प्रणाली लागू गरिने भइयो ।
कम्तिमा पनि ह्याङजुमा यी नयाँ प्रविधिहरु अत्यन्त प्रभावकारी सावित भएका छन् । जबकि शहरमा कोभिड–१९ लाई फकाएर ल्याउन सक्ने यात्रीहरुको प्रभावकारी ढंगले पहिचान गर्नु चुनौतीपूर्ण कार्य हो, तर सुसमाचार के रह्यो भने कमितमा ह्याङजुमा कोभिड–१९ को दोस्रो लहर देखापरेन ।
४. स्वास्थ्य सामग्रीहरु तथा जवाफी प्रणालीको मूल्यांकन । के हामी महामारीका लागि तयार छौं ? हामीलाई कति सञ्चय चाहिन्छ ? हामीसँग पर्याप्त स्वास्थ्यकर्मीहर छन् र हामी तिनीहरुलाई कसरी सुरक्षित गर्न सक्छौं ?
कोभिड–१९ विरुद्धको लडाइँमा चिनियाँ जनताहरु सहासी र एकताबद्ध रहे । ऊहानमा उच्च मृत्युदर रहनुको एउटा प्रमुख कारण तत्कालै आवश्यकता पर्दा स्वास्थ्य सामग्रीहरु उपलब्ध नहुनु पनि मुख्य कारण रह्यो । ऊहानको प्रकोप नियन्त्रण व्यवस्थापनसम्बन्धी प्रणालीको अभावले रोग नियन्त्रणमा आवश्यक प्रणाली कमजोर भयो, फलतः अस्पतालहरुमा विरामीहरु स्वास्थ्यकर्मीहरुबीचम संक्रमण व्यापक सर्यो र हप्तौंको संकट अस्तव्यव्यस्तता छायो ।
त्यसको ठीक उल्टो आक्रामक रुपमा मडारिइरहेको महामारीलाई प्रभावकारी नतिजा दिने गरी व्यवस्थापन एवं निगरानी गर्न तथा स्रोत साधनहरुलाई तत्कालै परिचालन गर्न र पुर्याउनका लागि जेज्याङका सरकारी निकायहरु पूर्ण रुपमा तयार थिए । ह्याङजुमा २०४ जना जनस्वास्थ्य विज्ञहरु यो महामारीका केसहरु, तिनका सम्पर्कमा आएकाहरुको छानबिन गरिरहेका थिए ताकि तिनीहरु निगरानीमा रहन सकुन् । त्यसका साथसाथै ह्याङजुमा नै चिकित्सकहरुले कोभिड–१९ का विरामीमा दुई पटक फोक्सोका ट्रान्सप्लान्ट अपरेशन समेत गरे । यो विश्वमा नै यस किसिमको पहिलो सर्जरी थियो ।
ऊहानमा कोरोनाभाइरसको संक्रमण फैलिएको पहिलो हप्ताहरुमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु पनि त्यो संक्रमणको शिकार हुनुको मुख्य पक्षहरुमा सुरक्षात्मक स्वास्थ्य सामग्रीहरुका अभाव र कोभिड–१९ का बारेमा पर्याप्त जानकारी नहुनु पनि एक थियो ।
ऊहानमा कोरोनाभाइरसको संक्रमण फैलिएको पहिलो हप्ताहरुमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु पनि त्यो संक्रमणको शिकार हुनुको मुख्य पक्षहरुमा सुरक्षात्मक स्वास्थ्य सामग्रीहरुका अभाव र कोभिड–१९ का बारेमा पर्याप्त जानकारी नहुनु पनि एक थियो । तर ६–८ हप्ताभित्रैमा, यो भाइरसको संक्रमणका विरुद्ध लड्नका लागि ४२ हजारभन्दा बढी चिकित्सक तथा नर्सहरु रहेका ३१ वटा मेडिकल टीमहरु ऊहानमा खटाइए । त्यसमा जेज्याङ प्रान्तले १९८५ जना स्वास्थ्यकर्मी पठाउका थिए र तीमध्ये आजको मितिसम्मा कोही पनि संक्रमित छैनन् । यही संक्रमणसँग लड्नका लागि भनेर प्रत्येकमा १००० वटा शैय्या भएका दुई वटा नयाँ अस्पतालहरु १० दिनभन्दा कम समयमा ऊहानमा खडा गरिए ।
५. समुदाय, स्कुल, व्यवसाय, सरकारी कार्यालयहरु र घरमा प्रतिरक्षात्मक तरिकाहरु लागू गर्दा यो महामारीको उफानलाई प्रभावित गर्न सकिन्छ
कोभिड–१९ विरुद्धको लडाइमा सबैजना समान हुन् । सबैजनाको समान उत्तरदायित्व रहन्छ र उनीहरुले भोग्नुपर्ने खतरा पनि समान रहन्छ । कोभिड–१९ अत्यन्तै सरुवा खालको र लक्षण्बिना नै फैलिन सक्ने रोग हो, अतः यसका विरुद्ध समाजका सबैजनालाई परिचालित गर्नु र यो प्रक्रियामा सबैलाई सहभागी गराउनु अझ बढी महत्वपूर्ण हुन्छ । १ करोड जनसख्या रहेको शहर ह्याङजुमासफलतापूर्वक लागू गरिएका प्रतिरक्षा र नियन्त्रणका उपायहरु संसारका अन्य भागहरुले अनुकरण गर्नुपर्ने खालको एउटा नमुना बनेको छ । फेरि पनि यो सफलताको कुँजी भनेकै सबैजनालाई जिम्मेवार बनाउनु, सबै युनिटहरुलाई सहभागी गराउनु र सबै सकारी निकायहरुलार्य जवाफदेही बनाउनु नै हो । हामीले पनि हामी कसरी बाँचिरहेका तरिकालाई परिवर्तन गर्नु र नयाँ चुनौतीहरुप्रति जवाफदेही बन्नैपर्छ ।
१ करोड जनसख्या रहेको शहर ह्याङजुमासफलतापूर्वक लागू गरिएका प्रतिरक्षा र नियन्त्रणका उपायहरु संसारका अन्य भागहरुले अनुकरण गर्नुपर्ने खालको एउटा नमुना बनेको छ । फेरि पनि यो सफलताको कुँजी भनेकै सबैजनालाई जिम्मेवार बनाउनु, सबै युनिटहरुलाई सहभागी गराउनु र सबै सकारी निकायहरुलार्य जवाफदेही बनाउनु नै हो । हामीले पनि हामी कसरी बाँचिरहेका तरिकालाई परिवर्तन गर्नु र नयाँ चुनौतीहरुप्रति जवाफदेही बन्नैपर्छ ।
सावधानीपूर्वक गरिएका योजनाहर र प्रष्ट निर्देशनहरु उपयोगी हुन्छन् । ह्याङजुले चरणबद्ध रुपमा कर्मचारीहरुलाई पुनः काममा जान दिएको छ । थुप्रै उद्योगधन्दा, संस्थाहर, स्कुलहर र विश्वविद्यालयहरुले कम्प्युटरमा आधारित जुम मिटिङ जस्ता अनलाइन सिकाइका प्रविधिहरु लागू गरिरहेका छन्, जुन त्यसका अरु विकासका लागि एउटा नमूनाहरु नै बन्न सक्छ ।
महामारीको बेलामा, ठूला भेलाहरु नगर्न तथा थुप्रै मान्छे–मान्छेबीचको सम्पर्क भेटघाटलाई पन्छाउने सल्लाह दिनु उचित हुन्छ । सबै उद्योगधन्दाहरलाई रोकेर चीनले करोडौं डलर गुमाएको पनि होला तर अन्ततः त्यो नै सबैभन्दा बुद्धिमत्तापूर्ण र सही कदम साबित भइरहने छ ।
६. जनतालाई पूर्ण सुसूचित राखिनु
चीनले आम जनतालाई लगातार सही ढंगले सुसूचित गरिरह्यो । उदाहरणका लागि, ह्याङजुमा प्रमुख न्यूज आउटलेडहरुले दैनिक रुपमा कोभिड–१९ को संक्रमण र स्वास्थ्योपचारका नतिजा, लागू गर्न लागिएका योजना, नीतिनिर्णयहरु र पालना गर्नुपर्ने तौरतरिकाहरुबारे जानकारी प्रवाह गरिरह्यो ।
हामीले कोभिड–१९ का बारेमा र त्यसलाई फैलिनबाट कसरी रोक्ने भन्ने जानकारी सहित विद्यार्थी एवं आम मानिसहरुले सजिलै बुझने गरी शैक्षिक सामग्रीहरु तयार गर्यौं । हामीले टेलिभिजनहरुमा बोल्यौं र अनलाइन पेपरहरुमा लेख्यौं । हाम्रो विश्वास छः जनतालाई तथ्यपूर्ण र वैज्ञानिक जानकारीहरु दिनु र रोगका विरुद्ध लड्नका लागि नेतृत्व गर्नु सबै जनस्वास्थ्य विज्ञहरुको दायित्व हो ।
कोभिड–१९ को संक्रमण देखापरेको शुरुवातकालदेखि ने जेज्याङ युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थ पूरै सक्रिय रह्यो । हामीले कोभिड–१९ का बारेमा र त्यसलाई फैलिनबाट कसरी रोक्ने भन्ने जानकारी सहित विद्यार्थी एवं आम मानिसहरुले सजिलै बुझने गरी शैक्षिक सामग्रीहरु तयार गर्यौं । हामीले टेलिभिजनहरुमा बोल्यौं र अनलाइन पेपरहरुमा लेख्यौं । हाम्रो विश्वास छः जनतालाई तथ्यपूर्ण र वैज्ञानिक जानकारीहरु दिनु र रोगका विरुद्ध लड्नका लागि नेतृत्व गर्नु सबै जनस्वास्थ्य विज्ञहरुको दायित्व हो ।
अगाडिको बाटो
चीनले आफ्नो अर्थतन्त्रलाई पुनः शुरु गरेको छ, स्कुलरहरु खोलेको छ र सामन्यीकरणतिर फर्कंदैछ । विश्व स्वास्थ्य संगठन र चीनको संयुक्त मिसनले निचोड निकालेअनुसार, कथंकदाचित नयाँ कोभिड–१९ का केसहरु देखिएको खण्डमा तुरुन्तै क्रियाशील हुने गरी विनाशंका तम्तयार रहेर विज्ञानमा आधारित, जोखिम–सूचित, चरणबद्ध तरिकाहरु अपनाइएका छन् । र, यसबीचमा नियन्त्रणका तौरतारिकाहरुलाई हटाइएका छन् ।
विश्व समुदायले राष्ट्रिय वा स्थानीय स्तरमा चीनबाट सिक्न सक्ने यी पाठहरु हुन् । यो विश्वव्यापी स्वास्थ्य जोखिमले हामीलाई संक्रामक रोगहरुको महामारीलाई नियन्त्रण र रोकथाम गर्नका लागि तयार अवस्थामा रहनुपर्ने कुराको महत्वबोध सिकाएको छ । साथसाथै यसले हामलिाई रोग नियन्त्रण र रोकथामलाई चीन र विश्वभरिमा कसरी आधुनिकीकरण गर्ने भन्नेतर्फ सोच्न पनि मद्दत गर्न सक्छ ।
लेखकहरु :
* Xifeng Wu M.D., Ph.D., Dean and Professor of School of Public Health, Vice President of The Second Affiliated Hospital, Director of National Institute for Data Science in Health and Medicine, Zhejiang University, Hangzhou, China
** Xiaolin Xu Ph.D., Research Professor, School of Public Health, Zhejiang University, Hangzhou, China
*** Xuchu Wang M.D., Director, Hangzhou Center for Disease Control and Prevention, Hangzhou, China
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो
-
सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव
-
जोर्डनमा इजरायली दूतावास नजिक भएको गोलीबारीमा एकको मृत्यु, ३ प्रहरी घाइते
-
प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा
-
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
-
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि