बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजदेखि दैनिक ५ घण्टा शेयर कारोबार

आइतबार, ०२ चैत २०७६, ११ : ०५
आइतबार, ०२ चैत २०७६

काठमाडौं । आजदेखि दैनिक ५ घण्टा शेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले चैत २ गतेदेखि लागु हुनेगरी कारोबार समय १ घण्टा बढाएको हो । बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्मको लागि कारोबार समय निर्धारण गरेको हो । नेप्सेको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कारोबार समयलाई बढाउने निर्णय गरेको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार नेप्सेले त्यस्तो निर्णय गरेको हो । बोर्डले फागुन १८ गते नेप्सेलाई पत्र लेख्दै दैनिक १ घण्टा कारोबार समय बढाउन सकिने नसकिनेबारे राय मागेको थियो ।

पहिले शेयर बजार दैनिक ३ घण्टा खुल्थ्यो । १२ बजेदेखि ३ बजेसम्म खुल्ने बजारलाई २०७३ साउनदेखि दैनिक ४ घण्टा बनाइएको थियो । त्योबेला कारोबार खुल्ने समयलाई १ घण्टा अघि सारिएको थियो । अहिले कारोबार भने कारोबार बन्द हुने समयलाई १ घण्टा पछि सारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप