शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१८ महिनासम्मका बालबालिकालाई केही बेर रुन दिनुपर्छः यसले क्षमता बढाउँछ, अनुशासन सिकाउँछ

आइतबार, ०२ चैत २०७६, ०९ : ४१
आइतबार, ०२ चैत २०७६

३ महिनादेखि १८ महिनाका बालबालिकालाई केही बेरसम्म रुन दिनुपर्छ । उनीहरु रुँदा यदि तपाईं दौडिएर बोक्न जानुहुन्छ भने यसले उनीहरुको विकासमा असर पार्न सक्छ । यो दाबी ब्रिटेनको वारविक युनिभर्सिटीका वैज्ञानिकले अनुसन्धानमार्फत् गरेका छन् ।

उक्त अनुसन्धान अनुसार नवजात शिशुदेखि डेढ वर्षसम्मका बालबालिकालाई केही बेरका लागि यदि रुन दिइन्छ भने उनीहरुको मानसिक र शारीरिक क्षमता बलियो हुनुका साथै उनीहरुले क्रमशः आत्म–अनुशासन पनि सिक्ने बताइएको छ । यद्यपि, बच्चाहरु रोइरहेका बेला उनीहरुमाथि निगरानी भने राख्नुपर्छ ।

बच्चा रुने तरिका, व्यवहार र यतिबेला आमा–बुवाको प्रतिक्रियाको अध्ययनका लागि अनुसन्धानकताले सात हजारभन्दा बढी बालबालिका र उनीहरुको आमामाथि अध्ययन गरे । केही समयको अन्तरालमा लगातार उनीहरुको मूल्यांकन गरियो । बच्चाहरु रुँदा आमा–बुवाले तुरुन्त हस्तक्षेप गर्छन् वा केही समय वा धेरैबेरसम्म रुन दिन्छन् भन्ने बारे अनुसन्धान गरियो । यो प्रयोगको मूल्यांकन हरेक ३, ६ र १८ महिनामा गरियो ।

जुन बालबालिकालाई रुन दिइयो उनीहरु सक्रिय रहेः

रोइरहेका बेला आमा–बुवासँगको बिछोड र भेटेपछि बच्चाहरुको व्यवहारमा कति भिन्नता पाइयो त्यो पनि अनुसन्धान गरियो । नतिजामा पत्ता लागे अनुसार जुन बालबालिका रुनेबित्तिकै आमा–बुवा तुरुन्त पुग्थे उनीहरुको विकास ढिलो रह्यो जबकी जुन बालबालिकालाई केही बेरका लागि रुन दिइन्छ, उनीहरुको मानसिक र शारीरिक क्षमतामा वृद्धि भएको पाइयो । साथै, उनीहरु अन्य बालबालिकाको तुलनामा निकै चञ्चल र सक्रिय पनि पाइए ।

अनुसन्धानमा बालबालिकाको पालन–पोषण, रुने विभिन्न तरिका र आमा–बुवाको व्यवहारको पनि अध्ययन गरियो । अध्ययनका प्रमुख शोधकर्ता डा. एयटन बिलगिनले भने, ‘हामीले ३ देखि १८ महिनाका ७ हजार भन्दा बढी बालबालिकाका र  आमाको व्यवहारको अध्ययन गर्‍यौं । हामीले आमाहरु कति संवेदनशील हुन्छन् र बच्चामाथि यसको के असर पर्छ भन्नेबारे अध्ययन गर्‍यौं । पूरा प्रक्रियाको भिडियो पनि रेकर्ड गर्‍यो र त्यसको गहन अध्ययन गरेर यस्तो निष्कर्ष निकाल्यौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप