अमेरिकी राष्ट्रपति ट्रम्पको शरीरमा कोरोना भाइरस परीक्षण

एजेन्सी । कोरोना भाइरसको महामारी फैलिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना संक्रमणको परीक्षण गराउनुभएको उपराष्ट्रपति माइकल पेन्सले बताएका छन् । त्यस्तै ह्वाइट हाउसमै आयोजित सम्वाददाताहरुसँगको अन्तरक्रिया कार्यक्रमा राष्ट्रपति ट्रम्पले आफुले स्वास्थ्य परीक्षण गराएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षणको नतिजा एक दुई दिनमा आउने बताउनुभएको ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले जनाएको छ । त्यस्तै अमेरिकाले बेलायत र आयरल्यान्डबाट आउने मानिसहरुका लागि प्रतिबन्ध लगाएको छ । तर ती देशबाट अमेरिका प्रवेश गर्नेहरुमाथि प्रतिबन्ध लगाएपनि अमेरिकी नागरिकहरु घर फर्किन पाउने उपराष्ट्रपति पेन्सले बताए । अमेरिकामा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भैसकेको छ भने २४९९ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक सम्मानित
-
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
-
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री
-
‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
-
नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छ : अध्यक्ष दाहाल
-
शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण