सिरियाली युद्धका ९ वर्ष: ३ लाख ८४ हजार नागरिकको मृत्यु
एजेन्सी । सिरियामा जारी युद्ध नवौँ वर्षमा प्रबेश गरेको छ । सन् २०११ को मार्चमा सुरू भएको उक्त गृहयुद्धका कारण एक लाख १६ हजार सर्वसाधारणले ज्यान गुमाएका सिरियाली मानव अधिकार युद्ध अनुगमनकारी संस्था, सिरियन अब्जर्भेटरी फर ह््युमन राइट्सले शनिबार जानकारी गराएको छ ।
युद्धका कारण सिरियामा कूल तीन लाख ८४ हजार सिरियालीको मृत्यु भएको उक्त संस्थाले जनाएको छ । यहाँको आधाभन्दा बढी जनसङ्ख्या युद्धका कारण आन्तरिक वा वाह््यरूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।
सन् २०११ मा अरब वसन्त नाम दिइएको शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलन समय क्रमसँगै सरकारविरूद्धको कडा सङ्घर्षले राष्ट्रपति वसर अल असदलाई वर्खास्त गर्नुपर्ने आवाज यहाँका विद्रोही समूहले बुलन्द पारेपनि राष्ट्रपतिले सरकारबाट हट्ने मागलाई सम्वोधन गर्न नमानेका कारण द्वन्द्वको मारमा सर्वसाधारणले झण्डै एक दशक विताएका छन् ।
यो विचमा असद पक्षधर सेना, इस्लामिक समूह, अल कायदा निकट समूहहरू र रूस, इरान, टर्की, अमेरिकालगायतका मुलुकसमेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिरियाली द्वन्द्वमा सामेल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण