बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा महिलाको मृत्यु

शनिबार, ०१ चैत २०७६, २० : २२
शनिबार, ०१ चैत २०७६

रुपन्देहीको देवदहमा आज दुई टिप्पर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ ।

देवदह नगरपालिका–९ पाँचनम्बर डाँडा भन्ने स्थानमा बुटवलतर्फ आउँदै गरेको लु१ख २५८४ नंको टिप्पर र बुटवलबाट खैरेनीतर्फ जाँदै गरेको लु२ख १२१८ नंको टिप्पर सोही दिशातर्फ जाँदै गरेको बा२०च ५५१६ नंको कारमा ठक्कर खाँदा एकजना गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा लु१ख २५८४ नंको टिप्पर चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बस्ने ३७ वर्षीय अलेशकुमार यादव घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर फुयाँलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप