नेकपाद्वारा कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको निर्णयअुनसार आजदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रीय सरकार’ भन्ने मूल नाराका साथ अभियानको शुरुआत गरिएको हो ।
अभियानको शुभारम्म अहिले विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाइरसका बारेमा सचेतनामूलक कार्यक्रम गरी गरिएको हो । आज सदरमुकाम बेनीमा नेकपाका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मालगायतको नेतृत्वमा तीन समूह बनाएर कोरोना भाइरसका बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
बेनी र मङ्गलाघाट क्षेत्रमा तीन समूहले सडकमा पदयात्रा गरी सर्वसाधारण र बजारवासीलाई कोरना भाइरसको जोखिम तथा बच्न उपायसहित अपनाउनुपर्ने सावधानी समेटिएको सचतेनामूलक पर्चा वितरण गरिएको थियो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार सरसफाइ कार्यक्रममार्फत अभियानको शुभारम्भ गर्ने योजना रहे पनि कोरनाको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सचेतनामूलक कार्यक्रमलाई जोडेर अभियानको शुरुआत गरिएको नेकपा जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए ।
उनका अनुसार बजार क्षेत्रमा ठूलो समूह र धेरै मानिस भेला हुने कार्यक्रमलाई रोकिएको र ग्रामीण भेगमा भने पार्टी सुदृढीकरण कार्यक्रमलाई भने निरन्तरता दिइने भएको छ । आजदेखि आगामी जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने गरी जिम्मेवारीसमेत बाँडफाँड गरिसकेको छ ।
स्थानीय तह र वडास्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि, कार्यकर्ता र जनताका बीचमा समन्वयको वातावरण बनाउनेलगायत कार्यक्रमलाई समेटिएको छ ।
अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिने भएको छ । पार्टी र जनवर्गीय सङ्गठनको एकतालाई सुदृढ बनाउँदै सरकारले गरेका कामलाई जनतामाझ पु¥याउने, भ्रम न्यूनीकरण गर्ने, गुनासो, सुझाव र अपेक्षा सङ्कलन गरिने अध्यक्ष पौडेलले बताए ।
अभियानअन्तर्गत सबै स्थानीय तह स्तरमा भेला र बैठकका कार्यक्रम सम्पन्न भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे