साताको शेयर बजार : कूल चार अर्ब ४२ करोडको कारोवार
धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो ।
साताभर कूल १८२ कम्पनीको कूल एक करोड ४० लाख ४८ हजार ९११ कित्ता शेयर रु चार अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८७२ मूल्यमा खरिद बिक्री भए । आइतबार शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो ।
नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मङ्गलबार खुलेको बजारमा कारोवारको शुरुआतीदेखि नै ओरालोको यात्रा तय गरेको थियो । नेप्सेका अनुसार त्यस दिन नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो ।
नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको थियो । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो । यस्तै मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधबार भने नेप्से परिसूचकमा उच्च वृद्धि देखियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको थियो । कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर रु दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिद बिक्री भयो ।
साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । त्यस दिन नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’