बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शनिबार, ०१ चैत २०७६, १७ : २३
शनिबार, ०१ चैत २०७६

काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका-२ दमौली घर भएका ४६ वर्षीय हेम सिंह शाहीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शाहीले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-२६ अमृतमार्ग ठमेलस्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप