प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : अध्यक्ष जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे–जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ ।’
शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको टिप्पणी गरे । उनले भने,‘उहाँ स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य उहाँले निर्वाह गर्नुभएको थिएन । त्यसैले उहाँले राजीनामा दिँदा नै उचित हुन्छ । उहाँलाई जे–जे गर्दा आराम हुन्छ, त्यो गर्न दिउँ ।’
उनले प्रधानमन्त्री ओलीमात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए । उनले वर्तमान सरकारले जनतालाई कुनैपनि किसिमको सेवा प्रदान गर्न नसकेको गम्भीर आरोप लगाए ।
उनले भने,‘नेपाली जनताले भारी बहुमत दिएर यो सरकारलाई पठाएको हो । तर, सरकारले कुनैपनि किसिमको सेवा दिन सकेन । सरकार सेवा दिने कुरामा असफल भयो ।’
अध्यक्ष जबराले नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार विकेन्द्रीकरण गरेको पनि आरोप लगाए । उनले भने,‘अहिले व्यापक भ्रष्टाचार बढेको छ । सरकाले काण्डै काण्ड घटाएको छ । ललितानिवास काण्ड, बुढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, संवैधानिक निकायमा राजनीतिकरण भएको छ । न्यायालयमा त झनै बढि राजनीतिकरण भयो ।’ वर्तमान सरकार सबै फाँटमा असफल भएको उनको टिप्पणी छ ।
उनले विदेश नीतिमा पनि झनै असफल भएको दाबी गरे ।
उनले मुलुकको यस्तो अवस्थामा आफूहरु राष्ट्रवादी शक्तिहरु एकजुट भइ औंला ठड्याएर बोल्नको लागि एकता गरेको पनि विश्वास दिलाए । उनले आफूहरुले सबै पक्षलाई स्वीकार्य हुनेगरी साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्ने कुरा गरेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
-
कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण
-
कांग्रेस नेता उमेश श्रेष्ठलाई मातृशोक
-
‘अब सिलिकन भ्यालीको पछाडि दौडिने समय सकियो’
-
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
-
नयाँ बजेटको विषयमा अन्य मन्त्रालयसँग कस्तो छलफल गर्दैछ अर्थ मन्त्रालय ?