प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगे प्रचण्ड
शनिबार, ०१ चैत २०७६, १६ : १३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रचण्डले शनिबार बिहान बालुवाटार पुगी पार्टी अध्यक्षसमेत समेत रहेका ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका हुन् ।
सो क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिए । यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
उनले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत