३ घण्टासम्म हावा र ३ दिनसम्म प्लास्टिकमा बाँच्नसक्छ कोरोना

नोबेल कोरोना भाइरस कोभीड–१९ को महामारी विश्वभर तीव्र रुपमा फैलिएको छ ।
चीन, जापान, दक्षिण कोरिया, इरान, भारतलगायत एशियाली देशसँगै इटाली, स्पेन, फ्रान्सलगायत युरोपेली तथा अमेरिकी र अफ्रिकी देशसमेत यस महामारीको चपेटामा छन् ।
स्वास्थ्य सम्वन्धी जर्नल मेड अर्काइभमा प्रकाशित पछिल्लो अनुसन्धानअनुसार हावामा तीनघण्टासम्म कोरोनाको जिवाणु बाँच्नसक्छ । त्यस्तै, प्लास्टिक वा स्टिलमा दुईदेखि तीन दिनसम्म यो जिवाणु बाँच्नसक्छ । तामाको सतहमा ४ घण्टा र कागजका सामाग्रीमा २४ घण्टासम्म बाँच्ने दाबी पनि अनुसन्धानले गरेको छ ।
‘कोभीड १९ को संक्रमण विभिन्न सामाग्रीका सतहमा कसरी बाँच्छन् भन्ने विषय ती सामाग्रीको सतह, तापक्रम र वातावरणमा निर्भर गर्छ,’ ऊहानमा बस्ने भिरोलोस्टि याङ झान्कुले ग्लोबल टाइम्ससँग भनेका छन् ।
आपसी सम्पर्क, थुक, सासलगायत विभिन्न माध्यमबाट कोरोनाको संक्रमण फैलने विषयमा अधिकांश जानकार भएपनि त्यसरी फैलिएका जिवाणु केही घण्टादेखि केही दिनसम्म जीवित रहनसक्छन् भन्ने ख्याल गर्न जरुरी गरेको याङले बताए ।
यस्ता अनुसन्धानले संक्रमण रोक्नका लागि सर्वसाधारणलाई नियमित हात धुन थप प्रेरित गर्ने याङले बताए । उनका अनुसार यसले स्वास्थ्यकर्मीलाई पनि कोभीड–१९ का बिरामीको सही व्यवस्थापन गर्न प्रेरित गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते