दाङमा होटल संचालिकासहित १० जुवाडे पक्राउ

बुटवल। दाङ्ग प्रहरीले घोराहीमा रहेको एक होटल सञ्चालिका सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । घरोही उपमहानगरपालिका–१४, लखनपार्कस्थित रोल्पाली सृष्टि होटल खाजा घरकी सञ्चालिका छवि पुनसहित १० जना जुवाडेलाई प्रहरीले १ लाख ७१ ह्जार ५ सय ८० रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेहरुमा रोल्पाको रुन्टीगढी गाउँपालिका–६ निगालेका दुर्गा पुन, सोही गाउँपालिका–७, डुब्रिङका रेशम रोका , सोही स्थानका सोमराज बस्नेत , धनबहादुर घर्ति मगर , घोराही रतनपुरका पदमबहादुर बुढा , घोराही कमलघारीका दुर्गालाल रोका, मसिनाका फाले घर्ति , रतनपुरका जनक पुन र रोल्पा निलपानी घर भएकी होटल सञ्चालिका पुन रहेकी छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो
-
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव
-
‘बायोकम नेपाल’ले भन्यो– उद्योग बन्द भएको छैन
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
-
स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्र
-
३ दशकदेखि राज्यको अर्बौ सम्पत्ति डाबर नेपालको कब्जामा