शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाभन्दा तीव्र फैलिएको भ्रम र आतंक : सजग कसरी रहने ?

शनिबार, ०१ चैत २०७६, १३ : ०१
शनिबार, ०१ चैत २०७६

कोरोना भाइरस (कोभिड १९) अझैसम्म प्राणघातक रोग बनिसकेको छैन, तर यो पहिलो वास्तविक सूचनाको महामारी बनिसक्यो । सामाजिक सञ्जाल र मुलधारमा सूचनाको बाढी नियालेपछि विश्व स्वास्थ्य संगठनले फेब्रुअरी २ मा पहिलोपटक यसलाई इन्फोडेमिक अर्थात् सूचनाको महामारी घोषणा गर्‍यो । 

किन यहाँ सूचनाको यति धेरै प्रचुरता देखिएको छ ? जवाफ हो – मानिसमा देखिएको यसप्रतिको अत्यधिक भोक । अहिलेको समय नदेखिने सुक्ष्म जिवाणुका कारण मानिसहरु त्रसित छन् र यो साँचो हो, संक्रमणभन्दा त्रास चाडों फैलन्छ । 

विश्वभर कोभिड–१९ तीव्र गतिमा फैलिरहेको छ र मानिसहरु यसबारे सूचना लिन आतूर छन् । त्यस्तो सूचना जसले उनीहरुको त्रासलाई कम गर्न सकोस् । यो सामाजिक सञ्जाल र चौबिसै घण्टा समाचार आउने युग हो । 

सूचनाको बाढी 
मानिसमाथि सूचनाको बमबारी भइरहेछ, चाहे त्यो काम लाग्ने होस् वा नहोस् । महामारीको समय यस्तो सूचनाले आतंकित पार्छ । सामाजिक सञ्जालका पोस्टले मानिसको समाचारप्रतिको भोकमात्रै होइन उनीहरुको त्रास पनि बढाउँछन् । केही सूचना सही हुन्छ । यसले जागरण बढाउँछ । तर त्यहाँ गलत सूचनाहरु पनि हुन्छ । यस्ता सूचना नाटकीय हेडलाइन्ससहित आउँछन्, जसले त्रासको पाटोलाई बढावा दिन्छ । यो चिन्ताजनक छ । 

यसअघि सार्स, स्वाइन फ्लु, बर्ड फ्लुलगायतका संक्रमणले पनि खतराको घण्टी बजाएका थिए । तर कोरोनाले ल्याएको जस्तो विश्वव्यापी चिन्ता उनीहरुका कारण थिएन । यो पनि साँचो हो कोभीड–१९ को संक्रमण फैलने गति र परिमाणसँग ती कुनै पनि भाइरसको तुलना हुनसक्दैन । तर, कोभिड–१९ सार्सजति प्राणघातक होइन । त्यसैले त्रास बढाउन मिडिया विशेषगरी सोशल मिडियाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । 

‘गलत सूचना र फेक न्यूजमार्फत सिर्जित सामाजिक संक्रमण र जैविनक संक्रमणबीचको सम्बन्ध अहिलेको आधुनिक महामारीको मुख्य विशेषता हो,’ अमेरिकाको बोस्टानस्थित नर्थइस्टर्न युनिभर्सिटी कलेज अफ साइन्सअन्तर्गत नेटवर्क साइन्सका विजनेश प्रोफेसर स्यामुयल स्कार्पिनो भन्छन् । 

सामाजिक सञ्जाल र फेक न्यूज 
विश्व स्वास्थ्य संगठनका डिजिटल विजनेश सोलुसन्स म्यानेजर एन्ड्रियु पटिसनले सिलिकन भ्यालीस्थित ठूला टेक कम्पनीहरुको भ्रमण गरेका छन् – गलत सुचनाको बाढी रोक्नका लागि सहयोग खोज्न । गलत समाचार फैलने दर नियन्त्रण बाहिर पुगिसकेको यसले देखाउँछ ।

पाटिसन भन्छन्, ‘भाइरसबारेको गलत सूचना र गलत जानकारी भाइरसभन्दा पनि तिव्र गतिलमा फैलिरहेको छ । साँच्चैको भाइरसले निम्त्याउने संक्रमणभन्दा यसले मानिसलाई धेरै रोगी बनाइरहेको छ ।’

केही सोशल मिडियाले यसबारे तीव्र कदम चालिरहेका छन्, उनीहरुले झुटा समाचार र शंकाका सिद्धान्तलाई आफ्ना साइटबाट हटाएका छन् । यो राम्रो पक्ष हो । 

जब मानिसहरु त्रस्त छन्, यस्तो अवस्थामा वास्तविक सूचना सबै मिडिया प्लेटफर्मबाट उपलब्ध गराउनुपर्छ । सूचनाको खडेरीले अर्ध–सत्य, शंका, जादुयी रोकथाम तथा उपचारको ढोका खुला राख्छ, यो विध्वंशकारीमात्रै हुन्छ ।  राम्रो विकल्प भनेको सोशल मिडियामा आउने हरेक सूचनाका अंशको फ्याक्ट– चेक (वास्तविकता परीक्षण) गर्ने हो । वास्तविक स्तरको सरोकार आवश्यक छ, पीडादायी चिन्ता होइन । 

श्याम ए कृष्ण/गल्फ न्युजबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप