केन्द्रीय संस्करण
विज्ञान विमर्श

के साँच्चै बाँदर आधुनिक मानिसकाे पुर्खा नै हो त ?

बाहिरी रुपमा मात्र होइन, वंशाणु संरचनाकै आधारमा पनि मानव प्रजाति चिम्पाञ्जीसँग मेल खाने कुरा वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन्

person explore access_timeचैत १, २०७६ chat_bubble_outline2

 

विकासवादी सिद्धान्तका पिता महान वैज्ञानिक चार्ल्स डार्विनलाई उनको सिद्धान्त बाहिर प्रकाशित भएको केही समयपछाडि सन् १८५९ तिर लण्डनमा उनलाई बाँदरका सन्तान भनी गिज्याउने गरिए । त्यसरी उनलाई गिज्याउनुमा उनको विकासवादी सिद्धान्तमा मानव प्रजाति कुनै बाँदरजस्तैको प्राणीबाट उद्विकास भएको हो भन्ने कुरो उल्लेख भएको कारण रहेको थियो । तत्कालीन समयमा कट्टर इसाई पादरी तथा इसाई धर्माबलम्वीहरु डार्विनको सिद्धान्तप्रति सहमत थिएनन् र उनीहरु डार्विनप्रति क्रुद्ध थिए । त्यसैले उनीहरु डार्विनलाई खिसी गरेर, गिज्याएर हतोत्साहित गर्न चाहन्थे । त्यही क्रममा डार्विनलाई बाँदरका सन्तान भनी सार्वजनिक स्थलमा होच्याउने गरिएको थियो ।

Picture source: https://cdn.britannica.com

डार्विनको विचारमा अथवा उनको अध्ययन अनुसन्धानको निष्कर्षमा प्रजातिहरु (जीवहरु) सरल प्रकारका पुराना प्रजातिहरुबाट उद्विकास भई नयाँ विकसित प्रजातिहरुमा रुपान्तरण भएका हुन् । यही हिसाबमा मानव प्रजाति पनि पुराना कुनै बाँदरजस्तै आकारप्रकारका जीवबाट उद्विकास भई उत्पत्ति भएको हो भन्ने विचार डार्विनको थियो । यसै कुरालाई आधार बनाई मानिसहरुले डार्विनले बाँदरबाट मान्छेको विकास भयो भन्ने विचार दिए भनी प्रचार प्रसार गरे । हामीकहाँ अहिले पनि बाँदरबाट मान्छेको विकास भएको भन्ने विचार डार्विनको हो र यही कुरो सही हो भन्ठान्ने मानिसहरु धेरै भेटिन्छन् ।

बाँदरबाट मान्छेको विकास भन्ने विचार सही हो?

होइन । बाँदरबाट मान्छेको विकास भएको होइन र यस्तो विचार चार्ल्स डार्विनको होइन पनि । यदि त्यस्तो हुँदो हो त अहिले विद्यमान बाँदरबाट पनि मान्छेको विकास हुनुपर्ने हुन्छ । के त्यस्तो सम्भावना छ त ? अहँ, त्यस्तो छैन । वैज्ञानिकहरुले बाँदरको राम्रो अध्ययन गरेका छन् र उनीहरुबाट मान्छेको विकास हुने कुनै सम्भावना भएको छनक पाएका छैनन् । यसबारे बुझ्नका लागि चार्ल्स डार्विनको विकासवाद र त्यसको आधारमा पछिल्लो समयमा भएका अनुसन्धानहरुलाई नियाल्नु जरुरी हुन्छ ।


बिभिन्न फरकफरक धर्म तथा धार्मिक मान्यताहरु भए पनि सबैको मतैक्यता केमा थियो भने प्रजातिहरुको उत्पत्ति ईश्वरले गरेका हुन् । फरफरक धर्मका फरकफरक ईश्वर छन् । तर, सबैको विश्वास र मान्यता आआफ्नै ईश्वरद्वारा यो संसार यानी कि प्रजातिहरुको सृष्टि भएको हो भन्ने थियो । डार्विनले भने यस मान्यतालाई ठाडो चुनौति दिई प्रजातिहरुको उत्पत्ति प्राकृतिक छानौटको प्रकृयाबाट भएको हो भन्ने विचार दिए । हजारौं वर्षदेखि सबैले मान्दै आएको र खासगरी धार्मिक मान्यतामा हुर्किंदै ईश्वरले यो सम्पूर्ण जगत सृष्टि गरेका हुन् भन्ने विश्वास, मान्यता र आस्था राख्दै आएको कुरालाई डार्विनले पूरै फरक ढङ्गले आफ्नो पुस्तकमा उल्लेख गरेबाट आम जगतमै हलचल पैदा भएको थियो ।


सन् १८५९ मा चार्ल्स डार्विनको ‘प्राकृतिक छनौटबाट प्रजातिहरुको उत्पत्ति’ नामको पुस्तक प्रकाशित भएपछि विश्व प्राज्ञिक तथा धार्मिक क्षेत्रमा ठूलो हलचल नै आएको थियो । त्यस पुस्तकमा त्यसअघिसम्म विश्वभरि सबैले प्रजातिहरु (जीवहरु) को उत्पत्ति ईश्वरको चाहना तथा डिजाइन अनुसार नै भएको भन्ने मान्यता राख्दै आएका थिए । संसारमा विविध धर्म तथा धार्मिक मान्यताहरु थिए (अध्यापि छँदैछ) । बिभिन्न फरकफरक धर्म तथा धार्मिक मान्यताहरु भए पनि सबैको मतैक्यता केमा थियो भने प्रजातिहरुको उत्पत्ति ईश्वरले गरेका हुन् । फरफरक धर्मका फरकफरक ईश्वर छन् । तर, सबैको विश्वास र मान्यता आआफ्नै ईश्वरद्वारा यो संसार यानी कि प्रजातिहरुको सृष्टि भएको हो भन्ने थियो । डार्विनले भने यस मान्यतालाई ठाडो चुनौति दिई प्रजातिहरुको उत्पत्ति प्राकृतिक छानौटको प्रकृयाबाट भएको हो भन्ने विचार दिए । हजारौं वर्षदेखि सबैले मान्दै आएको र खासगरी धार्मिक मान्यतामा हुर्किंदै ईश्वरले यो सम्पूर्ण जगत सृष्टि गरेका हुन् भन्ने विश्वास, मान्यता र आस्था राख्दै आएको कुरालाई डार्विनले पूरै फरक ढङ्गले आफ्नो पुस्तकमा उल्लेख गरेबाट आम जगतमै हलचल पैदा भएको थियो । विश्वमा हलचल पैदा गरेको डार्विनको उक्त पुस्तकमा उल्लेखित प्रजातिहरुको उत्पत्तिसम्बन्धी सिद्धान्तलाई पछि विकासवाद भनियो ।

चार्ल्स डार्विनको उल्लेखित पुस्तक प्रकाशित भएको डेढ सय वर्षभन्दा बढी समय बितिसकेको छ । यसबिचमा डार्विनको विकासवादलाई आधार बनाई जीव विज्ञानमा गरिएका हजारौं वैज्ञानिक अनुसन्धानहरुले डार्विनलाई नै सही ठहर्‍याएका छन् । आज त्यही बाटोलाई पछ्याई जीवशास्त्र र मानवशास्त्र दू्रत गतिमा अगाडि बढिरहेका छन् । विज्ञान जगतमा डार्विनको विकासवाद लगभग सबैको सहमतीय सिद्धान्तको रुपमा स्थापित भएको छ ।

डार्विनको खोज

डार्विन सानैदेखि प्रकृतिप्रेमी थिए । उनी सानैमा बगैंचामा रहेका किराफट्याङ्ग्राहरुलाई बडो माया गरी उनीहरुसँग खेल्थे । उनका बाबुले उनलाई चिकित्सक बनाउन चाहेका थिए । तर, उनी भने जङ्गलमा गई चराचुरुङ्गी, रुखविरुवा एवं किराफट्याङ्ग्राहरुको रुपरङ्ग तथा चालामाला हेर्न औधी रुचाउँथे । उनी सानैबाट किराफट्याङ्ग्रा एवं बिभिन्न जीवजन्तुहरु किन फरकफरक भए र कुनैकुनै उस्तैउस्तै किन देखिन्थे भनी विचारमग्न हुन्थे । यही रुचिको कारणले उनले बगैँचा तथा जङ्गलमा आफूले पाएका किराफट्याङ्ग्राहरुको नमुना सङ्कलन गर्न थाले । पछि उनले विश्वविद्यालयमा प्रकृति विज्ञानको अध्ययन गर्नुका साथै सन् १८३१ देखि १८३६ सम्म पाँच वर्ष लगाएर वियगल नामको पानी जहाजबाट दक्षिण अमेरिकाको भ्रमण गरे । यस यात्रालाई ‘वियगल जहाज यात्रा’ भनियो । भ्रमणको अवधिमा उनले बिभिन्न ठाउँका बनस्पति तथा जीवाजन्तुका विविध जीवावशेषहरु संकलन गर्नुका साथै जीवित विविध बनस्पति तथा प्राणीहरुको सूक्ष्म र तुलनात्मक अध्ययन गरे । यस्तो अध्ययन गर्दा उनले जीवहरुको वासस्थान, खानपान, हावापानी एवं उनीहरुको शारीरिक संरचनाको सापेक्षित विश्लेषण गरे । उनलाई बढी आकर्षित र घोत्लिन बाध्य केले गर्‍यो भने ग्यालापागोस द्वीप समूहको कुनै एक टापूमा पाइएको विशाल कायको कछुवाको खोल काठी आकार थियो, तर ग्यालापागोसकै अर्को टापूमा पाइएको त्यही जातका कछुवाको खोल डोम आकारको थियो । त्यस्तै गरी चराहरुमा पनि एउटै जातका भएपनि खानाको प्राप्यता, हावापानीको विविधता आदि अनुसार उनीहरुको चुच्चो र भुवाको रङ्गमा फरक देखियो ।


यस्तो अध्ययन गर्दा उनले जीवहरुको वासस्थान, खानपान, हावापानी एवं उनीहरुको शारीरिक संरचनाको सापेक्षित विश्लेषण गरे । उनलाई बढी आकर्षित र घोत्लिन बाध्य केले गर्‍यो भने ग्यालापागोस द्वीप समूहको कुनै एक टापूमा पाइएको विशाल कायको कछुवाको खोल काठी आकार थियो, तर ग्यालापागोसकै अर्को टापूमा पाइएको त्यही जातका कछुवाको खोल डोम आकारको थियो । त्यस्तै गरी चराहरुमा पनि एउटै जातका भएपनि खानाको प्राप्यता, हावापानीको विविधता आदि अनुसार उनीहरुको चुच्चो र भुवाको रङ्गमा फरक देखियो ।


‘वियगल जहाज यात्रा’ पछि डार्विनले अर्को वीस वर्षसम्म वासस्थान, हावापानी र खानाको प्राप्यता अनुसार जीवहरुको रुप, रङ्ग र आकारप्रकारमा कस्तो र किन फरक आउँछ भनी सूक्ष्म अध्ययन गरे । पाँच वर्षको जहाज यात्रा र वीस वर्षको अध्ययन अनुसन्धानबाट आएका नतिजाहरुको विश्लेषण गरी डार्विन एउटा निष्कर्षमा पुगे । उनले के निष्कर्ष निकाले भने जीवहरुमा निरन्तर परिवर्तन हुँदोरहेछ र पुर्खामा आएको परिवर्तन सन्तानमा सर्दै जाने रहेछ । सन्तानमा नै सर्दै जाने त्यस्तो परिवर्तनले वाहिरी परिवेशसँग जसले अनुकूलता हासिल गर्न सक्यो त्यही मात्र बाँच्दोरहेछ, जसले सक्दैन त्यसको लोप हुँदोरहेछ । उनले आफूले वियगल जहाज यात्राको क्रममा संकलन गरी ल्याएका थुप्रै जीवावशेषहरुको अध्ययन गर्दा के पाए भने कैयौं जीवहरु त्यस समयमा नै लोप भइसकेका रहेछन् । उनीहरु किन लोप भए भनी हेर्दा उही जातका जीवहरुमध्ये पनि जसमा आएको शारीरिक परिवर्तनले वाहिरी परिवेशसँग अनुकूलित हुन सक्यो, त्यसले निरन्तरता पाएको देखियो, तर त्यही जातका जीवहरु भए पनि जसमा परिवेश अनुकूलित परिवर्तन आएन उनीहरु लोप भएको देखियो । यसबाट उनले के महसुस गरे भने प्रजातिहरुमा आएको फरकफरक परिवर्तनले समयको लामो अन्तरालमा नयाँनयाँ प्रजातिहरु पुरानाबाट नै उद्विकास हुँदा रहेछन् र तिनीहरुमध्ये कुनको निरन्तरता हुने कुनको नहुने भन्ने निक्र्यौल प्रकृति स्वयंले गर्दोरहेछ ।

डार्विनले वीस वर्षको आफ्नो कठोर अध्ययन र अनुसन्धानबाट प्राप्त नतिजालाई विश्लेषण गरी १९ औं शताव्दीको उत्तरार्द्धको सुरु दशकमा विकासवादी सिद्धान्तको प्रतिपादन गरे । त्यस सिद्धान्तका तीनवटा निष्कर्षहरु छन् :

क) बाँच्नका लागि सङ्घर्ष,

ख) जीवहरुमा निरन्तर परिवर्तन र

ग) प्रकृतिको छनौट ।

डार्विनका अनुसार प्रकृतिमा जीवहरुबिच बाँच्नका लागि निरन्तर सङ्घर्ष हुन्छ । त्यो सङ्घर्ष खाद्यवस्तु प्राप्त गर्नका लागि एउटै प्रजातिहरुबिच पनि र फरक प्रजातिहरुबिच पनि जारी रहन्छ । त्यस्तै गरी पर्यावरणमा आएको परिवर्तनसँग अनुकूलित हुनका लागि पनि प्रजातिहरुबिच सङ्घर्ष जारी रहन्छ । त्यस्तो सङ्घर्षमा जसले विजय प्राप्त गर्दछ, त्यो प्रजातिको निरन्तरता हुन्छ, जसले पराजय भोग्दछ त्यसको लोप हुन्छ । पर्यावरण स्वयं पनि निरन्तर परिवर्तनशील छ र साथसाथै जीवहरु स्वयंमा पनि निरन्तर शारीरिक परिवर्तन भइरहन्छ, जुन पुर्खाबाट सन्तानमा हस्तान्तरित हुन्छ । यसरी पर्यावरणमा आएको परिवर्तन र शरीरमा आएको परिवर्तनबीच मेल खाएन भने प्रजातिको लोप हुन्छ । मेल खानेहरुको भने निरन्तरता कायम हुन्छ । यही प्रकृयामा नै प्रकृतिले कुन प्रजातिलाई निरन्तरता दिने र कुनलाई नदिने भनेर फैसला गर्दछ ।

बाँदरसँग मानव प्रजातिको नाता

प्रजातिहरुको उत्पत्ति प्राकृतिक छनौटको आधारमा हुने सिद्धान्तकै आधारमा वैज्ञानिक चार्ल्स डार्विनले मानव प्रजाति पनि अतितको कुनै अर्कै प्रजातिबाट श्रृङ्खलाबद्ध विभिन्न उद्विकासका चरणहरु पार गर्दै विकसित भएको हो भने । उनले मानव शरीर रचना र आनीबानी अपुच्छ बाँदरसँग धेरै प्रतिशतमा मिल्ने भएकोले मानव प्रजाति र बाँदर प्रजातिको पुर्खा अतितमा एउटै हुनुपर्छ भनी तर्क गरे । हुन पनि अपुच्छ बाँदरहरु चिम्पाञ्जी, गोरिल्ला आदिसँग मानव शरीर धेरै हदसम्म मिल्दछ । अहिले वैज्ञानिकहरुले मानव शरीर सबभन्दा बढी चिम्पाञ्जीसँग मेल खाने बताएका छन् । त्यस्तो मेल बाहिरी रुपमा मात्र होइन भित्री रुपमा अर्थात् वंशाणु संरचनाकै आधारमा पनि मानव प्रजाति चिम्पाञ्जीसँग मेल खाने कुरा वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । उनीहरुको भनाइ अनुसार ९६ देखि ९९ प्रतिशतभन्दा बढीसम्म मानव वंशाणु चिम्पाञ्जीसँग मेल खान्छ । तर, यसको मतलब के मानवको पुर्खा चिम्पाञ्जी वा अपुच्छ बाँदर नै हो त ?


हुन पनि अपुच्छ बाँदरहरु चिम्पाञ्जी, गोरिल्ला आदिसँग मानव शरीर धेरै हदसम्म मिल्दछ । अहिले वैज्ञानिकहरुले मानव शरीर सबभन्दा बढी चिम्पाञ्जीसँग मेल खाने बताएका छन् । त्यस्तो मेल बाहिरी रुपमा मात्र होइन भित्री रुपमा अर्थात् वंशाणु संरचनाकै आधारमा पनि मानव प्रजाति चिम्पाञ्जीसँग मेल खाने कुरा वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।


होइन । यदि अपुच्छ बाँदर मानव प्रजातिको पुर्खा हुँदो हो त हामीले के मान्नुपर्ने हुन्छ भन्दा ती बाँदरहरु सुरुदेखि नै अपरिवर्तनीय रुपमा रहँदै आए र हामी मानव मात्र परिवर्तित भई आयौं । के यस्तो सम्भव छ त ? अहँ छैन । अहिलेका अपुच्छ बाँदरहरु पनि सुरुको उनीहरुका पुर्खाजस्ता हुँदैनन्, हामी मानवहरु पनि सुरुका हाम्रा पुर्खाजस्ता पक्कै छैनौं । त्यसो भए बाँदर र हामी मानवबीच धेरै कुरामा समानता किन त ? हो, यो समानता हुनुमा कारण के हो भने बाँदरको सुरुको पुर्खा र हामी मानवको सुरुको पुर्खा पक्कै पनि एउटै थियो । एउटै पुर्खाबाट एउटा हाङ्गो मानवको सुरु पुर्खा र अर्को हाङ्गोमा बाँदरको सुरु पुर्खाको उद्विकास भएको थियो । यस हिसाबले बाँदर र हामी मानवहरु सुदूर अतितको समय सम्भवतः डेढ करोड वर्षपहिलेका नातेदार चाहिँ पक्कै हौं । तर, बाँदरबाटै हामी मानवको उद्विकास भएको चाहिँ होइन ।

मानव प्रजातिको पुर्खा

वैज्ञानिकहरुले जीवावशेषहरुको अध्ययनबाट के कुरा पत्ता लगाएका छन् भने मानव पुर्खा र अपुच्छ बाँदरहरुको पुर्खाको साझा पुर्खा आजभन्दा करिब २ करोड ३० लाखदेखि ५० लाख वर्षपहिले बिचको अवधिमा हाम्रो पृथ्वीमा चहारेर हिँड्थ्यो । अतितको पछिल्लो समयमा मानवको अपुच्छ बाँदरसँगको साझा पुर्खा भनेको चिम्पाजीको पुर्खा रहेको वैज्ञानिकहरु बताउँछन् । त्यो पुर्खा आजभन्दा ६० देखि ७० लाख वर्ष पहिलेसम्म अस्तित्वमा रह्यो, (हेर्नुहोस् : scientificamerican.com) । त्यही पुर्खाबाट मानवको पहिलो पुर्खा होमिनिडको उद्विकास भयो । त्यो होमिनिड आर्डिपिथेकस रामिडस नामको भएको वैज्ञानिकहरुले बताएका छन् । (हेर्नुहोस् : britannica.com)

https://i.pinimg.com

एउटै पुर्खाबाट मानवको सुरुको पुर्खा र चिम्पाञ्जीको सुरु पुर्खा आजभन्दा ५८ देखि ४४ लाख वर्ष पहिलेको अवधिमा छुट्टिएको वैज्ञानिकहरु बताउँछन् । यसको अर्थ हामी मानवको सुदूर अतितको पुर्खा आर्डिपिथेकस रामिडस कम्तिमा ४४ लाख वर्ष पुरानो हो । तर, हाम्रो सुरुको पुर्खाको रुपमा रहेको त्यो मानव हामीलाई हेर्दा साँच्चीकै मानव भन्न लायकको थिएन ।


एउटै पुर्खाबाट मानवको सुरुको पुर्खा र चिम्पाञ्जीको सुरु पुर्खा आजभन्दा ५८ देखि ४४ लाख वर्ष पहिलेको अवधिमा छुट्टिएको वैज्ञानिकहरु बताउँछन् । यसको अर्थ हामी मानवको सुदूर अतितको पुर्खा आर्डिपिथेकस रामिडस कम्तिमा ४४ लाख वर्ष पुरानो हो । तर, हाम्रो सुरुको पुर्खाको रुपमा रहेको त्यो मानव हामीलाई हेर्दा साँच्चीकै मानव भन्न लायकको थिएन । त्यो जीव न दुई खुट्टाले टेकेर हिँड्न सक्थ्यो, न त आकार प्रकारमा हामीजस्तै थियो । तर, वंशाणु संरचनाको कोणबाट त्यो चिम्पाञ्जीको पुर्खाभन्दा फरक भइसकेको थियो ।

हामी मानवको अहिलेको पुर्खालाई विज्ञानको भाषामा होमो स्यापियन्स भनिन्छ । यो प्रजाति भने १ लाख ६० हजार वर्षभन्दा बढी पुरानो छैन । अहिलेसम्म भेटिएको सबभन्दा पुरानो होमो स्यापियन्स (होमो स्यापियन्स इडाल्टु) को जीवावशेष १ लाख ६० हजार वर्ष पुरानो रहेको वैज्ञानिकहरु बताउँछन् । (हेर्नुहोस् : en.wikipedia.org › wiki › Archaic_humans) आरपिडेकस रामिडसदेखि होमो स्यापियन्ससम्मको उद्विकासको यात्रामा अन्य थुप्रै प्रकारका मानव पुर्खाहरु रहेका छन् । तिनीहरुमा सुरुका अष्ट्रलोपिथेकस प्रजातिहरु, होमो रोबुटस, होमो इरेक्टस आदि पर्दछन् । पछिल्लो हामी होमो स्यापियन्स मानव प्रजाति होमो इरेक्टस प्रजातिबाट उद्विकास भएको वैज्ञानिकहरु बताउँछन् । त्यसैले मानव जातिको करोड वर्षभन्दा अगाडिको समयको पुर्खा र अपुच्छ बाँदर, त्यसमा पनि खासगरी चिम्पाञ्जीको पुर्खा एउटै भएको साँचो हो, तर मानवको पुर्खा नै चाहिँ चिम्पाञ्जी बाँदर होइन ।

(विज्ञानका विविधि विषयहरुमा केन्द्रीत रहेर अध्येता, विज्ञान लेखक एवं पत्रकार तुल्सीदास महर्जनले लेख्नुभएका लेखरचनाहरु रातोपाटीमा पाक्षिक रुपमा प्रकाशित गरिनेछ ।)

Title Picture: https://www.uib.no

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 14, 2020, 1:22 p.m. tarkasheel nepali man
    सारै राम्रो लेख , सर लाई धन्यवाद ! डार्बिनको बिकास बाद्को सिद्धान्त लाई आजसम्म कसैले खंडन गर्न सकेको छैन ! बैज्ञानिक हरुले धेरै त्याग र संघर्षबाट खोज र अनुसन्धान गर्दै आजको मानव जाति लाई सत्य कुरा पत्ता लगाई दिएका छन भने अर्कोतिर धर्मका खोल ओढेका हरु मानिसलाई मानसिक त्रास देखाउदै काल्पनिक कुराको पछि लाग्न बाध्य बनाउदै छन ! एस्ता लेखले बुझ्न चाहानेहरुलाई सहयोग पुग्नेछ ।
  2.  0 Reply
  3. March 14, 2020, 12:11 p.m. Sanjib Thapa
    किन दिमाग लगाउने , बाँदर पुर्खा न भएको भये नेपाल को यो गती हुन्थ्यो ?
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...